शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डोको गोलमा युभेन्टसको शत प्रतिशत नतिजा कायम

आइतबार, २१ असोज २०७५, ०९ : ३६
आइतबार, २१ असोज २०७५

एजेन्सी । क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट गोलको मद्दतले उडिनेजेलाई पराजित गर्दै युभेन्टस सिजनमा शतप्रतिशत नतिजा कायम राखेको छ ।

बलात्कारको आरोप र विवादमा फँसिरहेका बेला पोर्चुगलका स्ट्राइकरले युभेन्टसलाई जीत दिलाउन महत्वपूर्ण भूमिका खेलेका हुन् ।

सिरिए ए च्याम्पियनलाई खेलमा अग्रता भने रोड्रिगो बेन्टाकुरले दिलाएका थिए ।

उडिनेजेका गोलकिपर सिमोन स्कफेटले थुप्रै महत्वपूर्ण बचाउ गरेका थिए, विशेष गरेर जोआ कान्सेलोको प्रयासलाई ।

यता, प्रतिबन्धका च्याम्पियन्स लिगको खेल गुमाएका रोनाल्डोले खेलमा शुरुवात गरेका थिए । 

युभेन्टसको आक्रमणमा महत्वपूर्ण भूमिका निभाएका रोनाल्डोको पहिलो प्रयास बारभन्दा माथि गएको थियो भने खेलको ३७ औँ मिनेटमा उनले युभेन्टसको दोस्रो गोल गरे ।

योसँगै मासिमिलानो एलेग्रीको टोलीले आठ खेलमा आठ जीत निकाल्न सफल भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप