मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : दशैं

आइतबार, २१ असोज २०७५, ०८ : २८
आइतबार, २१ असोज २०७५

-आविष्कार कला  

बर्षमा एकपटक 
वसन्तमा त कमसेकम फुलहरू फुल्छन 
ऋतुहरू पनि परिवर्तन हन्छन 
अनि
अन्नत देखि 
दिन र रातको चक्रपनि चलिराछ 
 
बहादुर सिंहको सिरमा
कहिल्यै फुलेन फुल
न कहिल्यै आयो दिन 
न आयो वसन्तको वहार
होइन कति समय कुर्नु पर्ने हो
एक दशक वा एक शतक
उमेरले असि पुग्यो बहादुर सिंह 

तिम्रो धर्मको चक्रले 
फेरि बोलायो दशै
दशै के नेपाली सबैको पर्व हो ?
कि हिन्दु नेपालीको मात्र 
अझ हिन्दु भित्रका ऋण नलिई मनाउनेहरूको
दशै तिमिहरुलाई मात्रै बोलाउन मिल्दैन 
हामिहरुलाई अहिले नबोलाईदेउ 

परापुर्व देखि पुर्खाहरुले दिएको आशिष
बहादुर सिंहका सन्तानलाई 
कहिल्यै लागेन
तिमिहरुलाई लागि राछ 
विना श्रमको तिमिहरुको जिवन शैलि 
आाखिर
त्यही तिम्रा पुर्खाका आर्सिवादले चलिराछ 

सदैव दुखि रहने ८०% को मनलाई 
फेरि तिम्रो दशैले दुखाउन आएको छ
खरका छानाहरूमा 
टिनका टहराहरूमा 
ढुङ्गाका पर्खालहरू भित्र
न कहिल्यै दशै पसेको थियो 
न यसपालि  पस्छ 

कृषिप्रधान देश नामको 
जति ५ कृषिमा छन बहादुर सिंहहरू 
ति कसैलाई नआाउने दशै 
आईरहन्छ बाकी सबैलाई सधैं सधैं  

बलात्कृत छोरिको पिडा 
अपहरित सन्तानको पिडा
विदेशमा पसिना वगाउने जवानको व्यथा 
खै कहिले निमिट्याङ्ट होला
अनि अलिअलि पलाउथ्यो कि ?

जव धर्म र सत्ताको चक्रलाई
धुलो चटाईदिन
बक्र भएपनि क्रान्तिको बाटो
उन्नतिमा पुग्छ
अनि फेरि पलाउथ्यो अर्को आशा ।।

पुँजीवादको महङ्गिले संगै लिएर जाओस
दशै अनि तिम्रा चाडपर्व सबैलाई 
अनि
हामी सवैको दशा त
भोलिको समाजवादमा रहदैन 
एक दिने दशै होइन 
जिवनभर मनाउनेछन् 
जनताले खुसीका दिनहरु ।।

दशैलाई खसि‚च्याङ्गा व्यवस्था गरिदीने सरकार 
अब
कर्णालिलाई सिटामोल
जाजरकोटलाई खाधान्न 
जनतालाई अमन चयन र न्यायको
बोलपत्र कहिले हुन्छ ।      

-मल्लरानी ३ प्यूठान 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप