शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मर्चवार घटनाप्रति मानव अधिकार संगठनको चासो

शुक्रबार, ०६ साउन २०७४, २० : ३१
शुक्रबार, ०६ साउन २०७४

बिन्दुकुमार चौहान 

लुम्बिनी– रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा दलित युवकसँग प्रेम गरेको आरोपमा किशोरीलाई सामुहिक रुपमा निर्घात कूटपीट गरिएको भिडिओ सार्बजनिक भएको घटनाप्रति मधेश मानवअधिकार माहुरीहोम कपिलवस्तुले चासो देखाएको छ । 

दश दिनअघि समरीमाई गाउँपालिकामा वडा नं. ६ बेलौहाडीह बस्ने दिनेश लोधसँग प्रेम गरेको भन्दै सोही वडा डिहुली बस्ने एक किशोरीलाई उनकै बाबु इन्नर अहिरको नेतृत्वमा सामुहिक रुपमा निर्घात कुटपीटको घटना प्रहरी र जनप्रतिनिधिहरुले दोषीलाई उन्मुक्ती दिनुका साथै उल्टै बिबाह खर्च वापत रु एक लाख तिराएको घटनाको निष्पक्ष छानबिनका लागि माहुरीहोमले ध्यानाकर्षण गराएको छ ।  

माहुरीहोम रुपन्देहीका फिल्ड आफिसर रामबिकास चौधरीले किशोरीमाथि सामुहिक रुपमा निर्घात कूटपीट निन्दनीय घटनाको निष्पक्ष छानबीन पश्चात संलग्न दोषीहरुलाई कानूनीदायरा भित्र ल्याई कारबाही प्रक्रिया अघि बढाउन माग गरेका छन् । 

उनले सुगम जिल्ला रुपन्देहीको दुर्गम क्षेत्र मर्चवार न्याय र पहुँचबाट टाढा रहेको हुदा दश दिनसम्म त्यस्तो अमानवीय घटना लुकाउने सम्बन्धित पक्षलाई सुचनाको हक २०७३ बमोजिम सम्बन्धित प्रहरीकार्यालयलाई सूचना बिभागले कारबाही प्रक्रिया अघि बढाउनु पर्ने बताए । 

यद्यपि सो घटनामा पीडित किशोरीलाई माईतीनेपालको संरक्षणमा राखी किशोर दिनेशलोधलाई उनका काकाको जिम्मा लागि पीडित पक्षले दिएको किटानी जाहेरीको आधारमा बाबू इन्नर लोध लगायत अन्य चारजनामथि ज्यान मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

मर्चवार घटनामा दोषीमध्ये किशोरीको बाबू इन्नर अहिरलाई पक्राउ पश्चात प्रहरी हिरासतमा राखिएको अन्य फरार रहेका चारजनाको खोजी भइरहेको प्रहरी रुपन्देही प्रवक्ता बेलबहादुर पाण्डेयले जानकारी गराए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप