बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

निर्मलको गजल संग्रह ‘जीवन एक भोगाइ अनेक’

शनिबार, २० असोज २०७५, १६ : २६
शनिबार, २० असोज २०७५

काठमाडौं – साहित्य एउटा त्यस्तो पाटो हो । जसमा जिन्दगीका अनेकौँ भोगाईहरु, तितामिठा पलहरु सहजै रुपमा मिठो तरिकाले ब्यक्त गर्न सकिन्छ । साहित्यमा पनि गजल साहित्यको एक किसिमको बिषेश महत्व रहँदै आएको छ । 

आफ्ना संर्घष र भोगाई अनि कल्पनालाई गजलमा ढालेर साहित्यमा अहिले प्रवेश गरेका छन् निर्मल पुरी ‘भोगी’ । उनले ‘जीवन एक भोगाइ अनेक’ गजल संग्रह मार्फत साहित्यमा पाइला चालेका हुन् । 
‘जीवन एक भोगाई अनेक’मा उनले राष्ट्रप्रेमले ओतपोत भावना, तथा जीवनका अनेकौँ भोगाईहरुलाई गजलमा मार्फत प्रस्तुत गरेका छन् । 

उनको यो गजल संग्रहमा आत्मनिर्णयको अभिव्यक्ति मुल स्रोत भएको स्पष्ट देख्न सकिन्छ । मानिस मानिस बिचको द्वन्द तथा विकृति विसंगतीलाई सहज एवम् सरल रुपमा उनले यो पुस्तकमा गजल मार्फत पस्किएका छन् । 
उनको पुस्तकमा समावेश गरेका गजलले समाजका विद्यमान विकृति विसँगतीहरुलाई ब्याङ्ग्य गरेको छ ।

क्रान्ति तिम्रो यही होला भाईभाईमा मारामार छ
एकै ठाउँको बस्ती फुटाइ बसाईँ सारासार छ ।
तिमी अझै समानताको नारा लगाई हिड्छौ ?
घरघरमा जातभातमै पानी बाराबार छ ।

यो हरफ त्यसको एक उदारहरण हो । उनको गजलमा समग्र राष्ट्रप्रेमको चिन्तन निकै सरल तरिकाले स्पष्टछ । आधुनिकिकरण सँगै वर्तमान समयमा आफ्ना सँस्कार, सभ्यता र रहनसहन भुल्नेहरुका निम्ति उनले आफ्नो ध्यानाकर्षण गरेको पाईन्छ । 

जीवन जहाँ छ, समयले जीवनलाई जहाँ पुर्याएपनि मनलाई भने आफ्नै परिवेश, आफ्नै धरातलमा हुर्काउन उनले गजलमा प्रस्तुत समेत गरेका छन् । 

निर्मलले २० वर्षको उमेरसम्म भोगेका तितामिठा भोगाईहरु, बात्सल्यका कुराहरु, त्यस्तै माया प्रेम, मिलन विछोडका कुराहरु गलजमा समेटेका छन् ।
७३ गजल समावेश पुस्तकले पाठकमा जोस जागर समेत भर्ने काम गर्ने निर्मलले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप