पार्टीभित्रका समस्या निराकरण गरेर चाँडै एकता : महासचिव पौडेल
शनिबार, २० असोज २०७५, १५ : २७
काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले पार्टीभित्रका समस्या निराकरणमा केन्द्रित भएको बताएका छन् ।
उनले पार्टीभित्रका समस्यालाई चाँडै समाधान गरी पार्टी एकतालाई टुङ्ग्याउने बताए । उनले दुई पार्टीबीचको एकता ठूलो काम भएकाले केही समय लाग्ने गरेको भन्दै अहिले पार्टी एकतालाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी गराए ।
पार्टीभित्र देखिएको विवाद बाहिर सञ्चारमाध्यममा आएजस्तो नभएको उल्लेख गर्दैै पार्टीभित्र कुनै समस्या नभएको उनको भनाइ थियो । महासचिव पौडेलले सरकारको कामको परिमाण आउन केही समय लाग्ने भन्दै जनतालाई निराशा नहुन आग्रह गरे । उनले चाँडै विकास खोज्दा सरकारको स्वाभाविक आलोचना भएको बताए ।
पौडेलले संविधान कार्यान्वयन भइरहेको भन्दै अबको ध्यान मुलुकको विकास निर्माणमा केन्द्रित हुने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण