बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एउटै मञ्चबाट देउवा, ओली र प्रचण्डको प्रतिवद्धताः मिलेर अघि बढ्छौं

शुक्रबार, ०६ साउन २०७४, १९ : २२
शुक्रबार, ०६ साउन २०७४

काठमाडौं– प्रमुख तीन दलका शीर्ष नेताले शुक्रबार एउटै मञ्चबाट मिलेर मुलुकको विकास निर्माणमा लाग्ने प्रतिवद्धता जनाएका छन् । नेपाल उद्योग परिसंघको चौधौं साधारणसभा उद्घाटन समारोहमा बोल्दै तीनै शीर्ष नेताले मुलुकको विकास निर्माणमा अघि बढ्ने प्रतिवद्धता जनाए । 

कार्यक्रममा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले उदारवादी अर्थतन्त्र अपनाउने आफ्नो पार्टी भएको उल्लेख गरे । प्रधानमन्त्री देउवाले सरकार प्रमुख नभई नीति प्रमुख भएको उल्लेख गरे । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले देश अब पछाडि पर्न नहुने भन्दे मिलेरै देशको विकास निर्माणमा अघि बढ्ने प्रतिवद्धता जनाए । मुलुकको संक्रमणकाल पनि मिलेर नै टुंग्याउनुपर्ने ओलीको भनाइ थियो । ओलीले संघ र प्रदेशको निर्वाचनको अन्तिम समयको सरकारलाई स्मरण गराए । २ नम्बर प्रदेशको चुनाव पनि अब कुनै बाहनामा असोज २ भन्दा पछाडि सार्न नहुने ओलीले स्पष्ट गरे । 

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परिवर्तनका लागि धेरै लडेको उल्लेख गर्दै अब आर्थिक समृद्धितर्फ लाग्नुपर्नेमा जोड दिए । 

उनले पहिलो पटक सरकारको नेतृत्व गर्दा सपना विपना भन्दैमा नौ महिना बिते पनि दोस्रो पटक सुझबुझका साथ सरकारको नेतृत्व गरेको दाबी गरे । उद्योग ब्यवसायका लागि कांग्रेस, एमालेभन्दा माओवादी पार्टी कम लोकतान्त्रिक नभएको प्रचण्डको दाबी थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप