बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बुगी बुगीबाट चर्चामा आएका सृष्टि र रविनको रोमान्स (भिडियो)

शनिबार, २० असोज २०७५, १४ : २९
शनिबार, २० असोज २०७५

काठमाडौं –अन्तर्राष्ट्रिय डान्स रियालिटी शो बुगीबुगीको नेपाल फ्रेन्चाइजबाट चर्चामा आएका कलाकार सृष्टि महर्जन र रविन भुजेलको अभिनय रहेको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रोनन सुब्बाको स्वरमा रहेको ‘सुनन् मैंया...’ बोलको गीतको भिडियोलाई विकास सुबेदीले निर्देशन गरेका हुन् । गीतमा बाबु बोगटीको शव्द संगीत रहेको छ ।

सुबेदीकै कन्सेप्ट रहेको भिडियोले काठमाडौंका घरभेटी र सडकको अवस्थालाई समेत व्यङ्ग प्रहार गरेको छ । रमाइलो शैलीमा निर्माण भएको भिडियोमा रविनको र सृष्टि दुबैको डान्सले समेत प्राथमिकता पाएको छ ।

बुगी वुगीमा सार्वधिक रुचाइए पनि उत्कृष्ट ५ बाट बाहिरिएका यि कलाकारहरुले भिडियोमा आफ्नो जादु छर्न सफल भएका छन् । बुगीवुगी पछिको पहिलो भिडियो भएकोले पनि रविन र सृष्टि दुवै उत्साहित देखिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप