शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वआईजीपी अच्यूतकृष्ण खरेलको आत्मकथा सार्वजनिक

शनिबार, २० असोज २०७५, १४ : ११
शनिबार, २० असोज २०७५

 काठमाडौं– पूर्व प्रहरी महानिरीक्षक (आईजीपी)अच्यूतकृष्ण खरेलको आत्मकथा सार्वजनिक भएको छ । 

नेपाल प्रहरीको सर्वोच्च पद आईजिपी भएको २६ औं दिनमा तत्कालिन सरकारले हटाएका खरेल दोस्रोपटक फेरि अदालतको आदेशले आईजीपीको कुर्सीमा फर्कन सफल भएका थिए । 

तर, दोस्रोपटक ३ महिना १३ दिनमै राजीनामा दिएर घर फर्किएका खरेलको आत्मकथा पूर्व राष्ट्रपति रामवरण यादव र अमर प्रहरी परिवारकी सदस्य बिन्दा अधिकारीले शनिवार विमोचन गरेका छन् ।

बिन्दा अधिकारीको श्रीमान एवं प्रहरी हवल्दार भरत अधिकारी २०५३ सालमा रामेछापको बेथानमा तत्कालिन माओवादी जनसेनाबाट मारिएका थिए । 

पुस्तक विमोचना गर्दै पूर्व राष्ट्रपती यादवले अच्यूतकृष्ण खरेल पञ्चायत, बहुदल र तत्कालिन दरबारको शासनको साक्षी भएको बताए । 

फरक शैलीबाट गरिएको पुस्तक विमोचन कार्यक्रममा हरि शर्माले लेखक खरेलसँग पुस्तक संवाद गरेका थिए । 

‘तपार्इँ हरेक दिन पशुपति के खोज्न जानुहुन्छ ?’ हरि शर्माको जिज्ञासामा खरेलले भने, ‘पहिलो कुरा इश्वरप्रति मेरो आगाध आस्था छ, दोस्रो नियती ।’ 

‘नियति अदृश्य शक्ति हो, म नियतिले यहाँसम्म आएँ’ खरेलले भने, ‘नियतिले मलाई प्रहरी बनायो, २६ दिनमा मलाई हटाइयो, दोस्रो पटक आईजीपी हुँदा ३ महिना १३ दिनमा राजीनामा दिएर हिँडे ।’ 
प्रहरीलाई नेताहरुले सधैँ प्रयोग मात्रै गर्ने गरेकोतर्फ आक्रोश व्यक्त गर्दै खरेलले भने, ‘हामी सास चलाउँदैनौं, फेर्छौं तर, फेराइदिने अर्कै हुन्छ ।’ 

माओवादी द्वन्द्व उत्कर्षमा पुगेको बेला प्रहरी प्रमुखको कमाण्ड सम्हालेका खरेलले द्वन्द्वकालिन समयमा मृतक प्रहरी कर्मचारीको शव अगाडी उभिएर सलामी दिँदा दुःख लाग्ने गरेको स्मरण गरे ।

नेपाल प्रहरीका अग्रजहरुबाट आफूले संगठन ड्राईभ गर्न सिकेको स्मरण गर्दै उनले भने, ‘सिभिलले नीति निर्देशन दिने मात्र हो, फोर्स त आईजीपीले नै ड्राईभ गर्नुपर्छ ।’ 

‘हिजोको भन्दा व्यवसायिक रुपमा आजको प्रहरी सक्षम छ’ खरेलले थने, ‘तर काम गर्ने वातावरण दिइएको छैन ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप