केन्द्रीय संस्करण

यसरी मुटु स्वस्थ राख्नुस् र हृदयघातबाट बच्नुस्

person access_timeअसोज २०, २०७५ chat_bubble_outline0

काठमाडौँ । पछिल्लो समय नेपालमा मुटु रोगीको संख्या बढ्दै गइरहेको छ । सँगै हृदयघात हुनेको संख्या पनि । जसको कारणले धेरैको ज्यान गएको छ । मुटु रोग विशेषज्ञहरुको सल्लाहलाई मान्ने हो भने मुटुलाई स्वस्थ्य राख्न हामीले गर्दै आइरहेको क्रियाकलापमा केही सुधार गरे पुग्छ । 

तर, आधुनिक समयसँगै नेपालीको दैनिक खानपानमा पनि परिवर्तन हुँदै गइरहेको छ । जसले मुटुलाई स्वास्थ्य राख्न चुनौती थपिँदै गइरहेको छ । 

यो कुराले मानव स्वास्थ्य र मुटुमा कस्तो असर पर्छ ? मुटुलाई कसरी स्वस्थ्य राख्ने ? हृदयघात भनेको के हो ? यसबाट बच्ने उपाए र रोकथामको विषयमा शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका कार्यकारी निर्देशक ज्योतिन्द्र शर्माले जानकारी गराएका छन् ।       

मुटु के हो ?

सुरुमा मुटुको परिभाषाबाट सुरु गरौँ । मुटु मानव शरीरको एउटा महत्वपूर्ण अंग हो । यो हाम्रो छातीको दाहिनेतिर मासुको मांसपेशीले बनेको हुन्छ भने यसका ४ वटा खण्डहरु हुन्छन् । 

मुटुको काम रगतलाई रिसिभ गर्ने र शरीरभरी रगत पु¥याउने हो । अक्सिजनको मात्रा कम भएको रगत मुटुको दाहिने भागमा आउँछ, जहाँबाट त्यो फोक्सोमा पठाइन्छ । 

फोक्सोमा गए पछि त्यो रगतले अक्सिजन पाउँछ । अक्सिजन पाएपछि रगत देब्रे भागमा आउँछ । त्यो देब्रे भागमा आएको अक्सिजन र अन्य तत्व भएको रगतलाई मुटुले पम्प गरेर शरीरको विभिन्न भागमा पुर्याउँछ । 

सामान्यत रुपमा बुझ्दा यो एउटा पम्प हो । दाहिनेतिरको मुटुको भागले फोक्सोमा रगत पम्प गर्छ । देब्रेतिरको भागले सफा ताजा रगत पम्प गर्छ । औसत रुपमा हेर्दा मुटुको काम १ मिनेटमा एउटा ६०–७० किलोको मान्छेमा ५ लिटर रगत मुटुमा आउने र मुटुले पम्प गरेर फ्याँक्ने काम गर्छ ।  

मुटुलाई कसरी सुरक्षित राख्ने ?

जन्मजात मुटुको रोग लिएको आएको छ भने त्यो व्यक्तिको दोष होइन । जन्मजात मुटुको समस्या भएको व्यक्तिले चिकित्सकलाई देखाउने र चिकित्सकको सल्लाहमा समयमा अप्रेशन गर्नुपर्छ  । 

यदी बेला–बेला घाँटीमा संक्रमण हुन्छ, टन्सिल हुन्छ भने चिकित्सकको सल्लाहमा मुटुको परिक्षण गराउनुपर्छ । सही समयमा औषधि खानुपर्छ ।  यसले मुटुको भल्ब बिग्रिनु बाट बचाउँछ । 

कस्तो खालको मुटु रोग लागेको छ, त्यो अनुसार लक्षण देखिन्छ । बाथ मुटु रोगीको कुरा गर्ने हो भने उनीहरुको कुनै न कुनै बेला जोर्नीहरु सुन्निन्छ, ज्वरो आउने गर्र्छ । त्यस्ता बिरामीहरुमा हिँड्दा स्वाँ–स्वाँ हुने मुटुको धड्कन बढ्ने लक्षण देखिन्छ ।  

जन्मजात मुटु प्वाल भएका बालबालिकाहरु भने अन्य बालबालिकासरह खेल्न, कुद्न र दौँडिन सक्दैनन् । स्वाँ–स्वाँ हुने देखि कसैमा धेरै निलोपना बढेर जाने लक्षण देखिन सक्छ । यस्तै उनीहरुको छातीमा संक्रमण, इन्फेक्सन भइराख्ने हुन्छ । कुनै–कुनै बच्चाहरुमा भने जति शरीरिक बिकास हुनुपर्ने हो त्यो भएको पाइँदैन् । 

हृदयघात 

हृदयघात मुटुको प्रमुख रोगहरुमा पर्ने रोग हो । मुटुले रगत पम्प गरे पनि मुटुलाई काम गर्न आफैलाई रगत चाहिन्छ । मुटुका विभिन्न धमनीहरुबाट मुटुलाई रगत प्रदान गरिरहेको हुन्छ । त्यो मुटुलाई रगत प्रदान गर्ने मुटुको नली देब्रेतिर २ वटा र दाहिनेतिर एउटा हुन्छ । यदी यी रगतको नलीमध्ये कुनै पनि रगतको नलीमा अवरोध हुन गएमा, साँघुरोपना बढेमा, कोलेस्टोरहरु जम्मा भएमा रगत सञ्चालन कम हुन गएर छाती दुख्छ । र, कहिलेकाहीँ रगतको नली सय प्रतिशत ब्लक हुन्छ । त्यहाँ रगत जम्छ । त्यसले गर्दा पूर्ण रुपमा रगत सञ्चालन बन्द हुन्छ । त्यो रगत सञ्चालन नभएपछि ,रगत नपाए पछि मुटुको मासु मर्छ, त्यसलाई हृदयघात भनिन्छ । 

लक्षण 

हृदयघातको लक्षणको कुरा गर्ने हो भने भारी बोक्दा, उकालको चढ्दा, हिँड्दा, भ¥याङ चढ्दा गाह्रो हुने । छातीको मध्यभागमा अठ्याएको जस्तो भयो भने हृदयघात हुनसक्ने सम्भावना हुन्छ । 

कसैलाई भने यो लक्षण भन्दा पनि एक्कासी न्याकेको जस्तो, थिचेको जस्तो, अप्ठारोपना हुने हुन्छ । पेटको माथिल्लो भागमा दुख्ने, कसैलाई चिउँडो मात्रै दुख्ने, कसैको देब्रे हात त कसैको कुम मात्रै दुख्ने हृदयघातको लक्षण हुन् । त्यो दुखाई सँगसँगै चिटचिट पसिना आउनु, बेहोस हुनु, बान्ता हुनु, रिगंटा लाग्नु, लड्छु जस्तो महसुश हुन्छ भने त्यो हृदयघात हुन लागेको होकी भन्ने बुझ्दा पर्छ । यस्तो समयमा अस्पताल नपुग्दा कसै–कसैको मृत्युनै हुन्छ । मुटुको मुख्यनली ब्लक भएको मान्छेलाई अलिकति हिँड्दा पनि सासै रोक्केला जस्तो पनि हुन्छ ।   

हृदयघातको उपचार विधि

हृदयघात हुनु अगाबै मुटुको नली ब्लक छ कि छैन भनेर पत्ता लगाउन एन्जीयोग्राममार्फत मुटुको रगत नलीको परीक्षण गरेर हेर्नुपर्छ । 

एन्जीयोग्राम गरिसकेपछि ३ वटा उपाय हुनसक्छन् । एउटा औषधी मात्रै खाएर निको गराउने । यदी रगतको नली धेरै ब्लक छैन अर्थात् २०–३० प्रतिशत मात्रै रगतको नली ब्लक छ भने औषधि खाएर निको हुनसक्छ ।

धेरै ब्लक छ भने एन्जीयोप्लाष्टी गर्न सकिन्छ । त्यस्तो व्यक्तिलाई ब्लक भएको ठाउँमा जाली जस्तोले फुुलाएर खोल्दिए पछि त्यो रगत नलीबाट रगत संचालन हुन्छ  । यसलाई एन्जीयोप्लाष्टी भन्छौँ । 

तेस्रो उपाय भनेको बाइपास सर्जरी हो । यदी मुटुको नली धेरै नै ब्लक छ । एकभन्दा बढी ठाउँमा ब्लक छ । सय प्रतिशत ब्लक छ भने त्यस्तो बिरामीलाई बाइपास सर्जरी गर्नुपर्ने हुन्छ । बाइपास सर्जरी भनेको जहाँ नेर ब्लक छ त्यो भागलाई केही पनि नगरी ब्लक भएको रगतको नलीको मुन्तिर गएर वैकल्पिक रगत संचालन गर्ने रगतको नली जोडी दिने हो । 

बाँच्ने सम्भावना 

हृदयघात भएको बिरामी यतिनै बाच्न सक्छन् भनेर हामी चिकित्सकले भन्न सक्दैनौँ । हृदयघात भएको कति समय भयो, बिरामी कस्तो अवस्थामा अस्पतालमा आइपुगेको छ, त्यसमा भरपर्ने कुरा हो । हृदयघात पछि मुटुको नली ब्लक भएर कति मांसपेशी मरेको छ यो सबै कुरामा पनि भरपर्छ । 

यदी सामान्य हृदयघात भएको छ । अथवा हृदयघात हुनुभन्दा पहिलानै एन्जोयोप्लाष्टी अथवा बाइपास सर्जरी ग¥यौँ भने त्यो बिरामी सामान्य अवस्थामा पनि फर्किन सक्छ । 

तर, अन्तिम अवस्थामा आएको छ र ३० प्रतिशतवा सोभन्दा कम मुटु फङसनिङ छ भने हामीले एन्जीयोप्लाष्टी, बाइपास ग¥यौँ भने पनि त्यस्तो व्यक्ति सामान्य मान्छे जस्तो पुनः काम गर्न सक्दैन । त्यसैले हृदयघातबाट बच्ने कुरा बिरामी कुन अवस्थामा, कस्तो रोग लिएर अस्पतालमा आउँछन् त्यसमा भरपर्ने कुरा हो ।  

रोकथाम 

धुम्रपान गर्नुहुन्छ भने अनिवार्य छोड्नु पर्छ । हृदयघातका लागि धुमपान सबै भन्दा डरलाग्दो कुरा हो । त्यस्तै रक्सी खानु भएन् । नियमित शारीरिक व्यायाम गर्नुप¥यो । तनाव मुक्तरहने कोशिष गर्नुप¥यो । 
हृदयघात हुनुमा तनावको पनि प्रत्यक्ष भूमिका रहेको हुन्छ । शहरीकरण बढ्दै गएपछि सबैको जिन्दगीमा तनावमय बन्न थालेको छ । त्यसैले कम तनाव लिने । खाना सकेसम्म घरमै पकाएर खाने, फलफूल र तरकारीको मात्रा बढी खाने, नुन कम खाने गर्नुपर्छ । 

चिल्लो खानै नहुने होईन तर प्रसस्त मात्रामा बोसोयुक्त मासुहरु खानु भएन । मुख्य कुरा त खानपिनमा ध्यान दिनप¥यो । 

यदी ब्लड पेसर हाई छ भने वेवास्ता गरेर बस्नु भएन । परिक्षण गरेर चिकित्सकको सल्लाहमा औषधि खानुपर्छ । यो सबै कुराको नियन्त्रण गर्न सक्यौँ भने हृदयघातबाट मात्रै होइन मुटुमा लाग्ने विभिन्न रोगबाट पनि बच्न सकिन्छ  । 

यसरी जीवनयापनमा ध्यानदिने हो भने विश्व मुटु महासंघको तथ्याङ्क अनुसार ८० प्रतिशत अकाल मृत्युदर बचाउन सक्छौँ । जन्मेपछि मृत्यु हुन्छ यो अनिवार्य हो तर अकालमा हुने दरलाई सकारात्मक जीवनशैली परिवर्तनले ८० प्रतिशत संख्या रोक्न सकिन्छ । 

(गंगालाल अस्पतालका कार्यकारी निर्देशक ज्योतिन्द्र शर्मा संगको कुराकानीमा आधारित)

अञ्जु तामाङ

अञ्जु तामाङ रातोपाटीका लागि  स्वास्थ्य बिटमा रिपोर्टिङ गर्छिन् ।   

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ