बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

गजल

शनिबार, २० असोज २०७५, १० : ४१
शनिबार, २० असोज २०७५

-लोकेन्द्र बोहरा परिवर्तन     

जिन्दगी बिग्रेको दाउ हो थाहा छ कि छैन
बच्चा भोलिको  बाउ हो थाहा छ कि छैन

राजधानीले  सधै  बझाङलाई  हेप्ने  गरेपनि 
जयपृथ्वी जन्मेको ठाउ हो थाहा छ कि छैन

घाइते  बाघले  कुनैबेला पनि झम्टिन  सक्छ 
मेरो  त  केवल  सुझाउ हो थाहा छ कि छैन 

तितो  अतित  भुल्ने  कोसिस  नगरेको होइन 
बेला बेला दुखि रहने घाउ हो थाहा छ कि छैन

पापी समय  परिवर्तनको  नजिक  पुगेको छ 
त्यो सहर हिजोको गाउँ हो थाहा छ कि छैन 

-बित्थडचिर गाउँपालिका–३, बझाङ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप