केन्द्रीय संस्करण

कविता : आमासँगको दूरी

person explore access_timeअसोज २०, २०७५ chat_bubble_outline0

-पिपला ढुङ्गाना 

सपनामा  आज आमा मझेरीमा
बामे सर्दै थिइन्
सम्झेर सन्तान
रापिलो तापले पिरोलिएर ।

भनिदिएँ मैले
आमा यता पनि सन्तान
तिमीले देखे जस्तो खुसी छैनन्
सपनाहरूले थिचिएका
तृष्णाले गलेका
र तृप्तिविहीन
उनीहरूको अनुहारमा
मुस्किल छ
खुसीको एक धर्सो भेट्टाउन ।
र पनि
अभिनय गरेर बाँच्दैछन्
जसरी रङ्गमञ्चमा अभिनय गर्छ
एउटा कलाकार ।

आमा  दूरी मेटाउन
सपना र विपना बीचको
दौडिरहेका तिम्रा सन्तानहरू
कहिलेकाहीँ बिर्सेर दौडिन्छन्
तिमी पनि धर्तीको कुनै कुनामा
दियालो बालेरै पुकार्छ्यौ
उनीहरूको दीर्घायु भनेर ।

चिसो सम्बन्धको कठ्याग्रिँदो तापक्रम
बढाउनमै व्यस्त छन् ।
बिर्सेर तिम्रो पोल्टाको न्यानो 
र पनि तिमी पुकारी रहन्छ्यौ
उनीहरूको हाँसो, खुसी र जीवन

आमा तिमी सपनामा नआउनु है
मलाई झन् पोल्नेछ
मैले ननिभाएको जिम्मेवारीले
नदिएको समयले

कतै लगानी गरेको मिथ्या सङ्घर्षले

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.