शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गजल

शनिबार, २० असोज २०७५, १० : २७
शनिबार, २० असोज २०७५

-अजित क्षेत्री

निद्रै लाग्दैन रे तिमीलाई, सिरानी पठाइदिऊँ कि
दिल जलाई उपहार थोरै, खरानी पठाइदिऊँ कि

बेचिएको छु परदेशमा, राष्ट्रको ऋण चुक्ता गर्न
बाकसमा लासहरू, कि भुक्तानी पठाइदिऊँ कि

समुन्द्रमा मोती हराएझैँ खुसी हराए जीवनबाट
कमाएँ अनेक रोग, तिनै आम्दानी पठाइदिऊँ कि

न यौवन भोगेँ न जिन्दगी भेटेँ मरुभूमिमा सानू
तिमीलाई काम लाग्ला, यो जवानी पठाइदिऊँ कि

थाहा छैन फेरि भेट होला न होला जिन्दगानीमा
छुट्टी आउला कोही, औँठी निसानी पठाइदिउँ कि

-हालः यूएई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप