कविता : निर्जीव स्मृतिहरू
-प्रीति अर्याल
नयनहरु गल्दैछन्
अँगालेर ती अग्ला परेली
भिजाएर ती अग्ला परेली
निर्जीव स्मृतिहरु
सँगालेर आँखाभरि
बगिरहन्छन्... बगिरहन्छन्
अनायासै,
जीवनको उमङ्ग छाल बनेर
ठोकिन्छ शून्यतासँग
मुटुभित्रको भ्रम सम्मिलन हुँदा
बेदनाका रसिला तस्बिरहरु
रसाएर झर्छन् आँखाबाट
आँसुहरु तिर्खाएर अतीत चियाउँदा
आक्रोश व्यक्त गर्दै
प्रहार गर्छन मष्तिकमा
भावनाका तिखा काँडाहरुले
घाँटी निचोरेर, म्वाई खानेहरुसँग
सुमधुर सम्बन्धको अपेक्षामा
हस्ताक्षरको आँधी चलाउँछन
नयनहरु
भत्किएपछि डिलहरु
विश्वास र सत्यको
मुटुभित्र सँगालेर चोटहरु
मनको बाँध फुटाउदै
बटुलेर जिन्दगीका अवशेषहरु
छेक्न सक्दैन रोक्न सक्दैन
अनि, भत्काउन सक्दैन
नयनका ती छालहरु
तर,
अहम्का आगाका झिल्काहरुमा
नयनहरु गल्दैछन्
अँगालेर ती अग्ला परेली
भिजाएर ती अग्ला परेली
निर्जीव स्मृतिहरु
सँगालेर आँखाभरि
बगिरहन्छन् ... बगिरहन्छन्
-हाल : काठमाडौं
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी