शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : मिगुर बाजे

शनिबार, २० असोज २०७५, १० : १८
शनिबार, २० असोज २०७५

-दिल थापा   

मिगुर बाजेलाई आफ्नो रङ मेटी 
जङ्गबहादुरहरूले जबर्जस्ती लगाइदिएको 
रङलाई आफ्नो पहिचान सम्झन्छ ।
त्यसैले त आफूलाई मिगुर सम्झन्छ ।

आजभोलि त 
जङ्गबहादुरहरूको मिखुर नै सम्झन्छ
मिजार्नी हाँगाको ऊ त्यसै राजा 
कान्छी हाँगालाई आफ्नोभन्दा 
सानो हैसियत भएको सम्झन्छ ।

त्यसैले त आफूलाई 
त्यो उत्सवको समयभरि जङ्गबहादुर सम्झन्छ 
मिगुर बाजे आजभोलि तपाईंको त्यो मीठो स्वर सम्झिन्छु 

अनि तपार्इंले पहाडी कालो च्वाँचेको मासुको चोक्टा र कोदोबाट बनाएको 
अमृत जल खाँदै पिउँदै गाउनुभएको 
गीतको एउटा टुक्रा सम्झन्छु 
किन आयो रे वासुदेव हाम्रो आँगनमा किन आयो रे ?  
साच्चै मिगुर बाजे तपाईंले महिमा गाउने भगवानहरू 

 सुँगुरबुङ्गुर पाल्ने र खाने हाम्रो घरहरूमा आउँछ र ?
हाम्रो आँगनमा वासुदेव भनिने भगवान किन आएका होलान् ?

जिन्दगीभर डाँडाकाँडाका रूखको फेदहरूमा
दर्शन ढुङ्गाहरूलाई आफ्नो भगवान् सम्झँदै 
पुजागर्ने मिगुर बाजे वासुदेव तपाईंको भगवान् हो र ?
मिगुर बाजे तपाईंको घरमा 
मैले कहिल्यै शिव, कृष्ण भनिने भगवानको फोटो देखिनँ  

तपाईं मन्दिर, मस्जिद चर्च जानुभएको पनि देखिनँ

तर तपाईंको त्यो उत्सवभरि खुब चर्चा हुन्छ  ।
तपाईंको स्वरको  
तपाईंको गलाको 
अनि हामीले यताकदा 
हाम्रो मौलिक संस्कृति भनिने सोरठी कृष्णचरित्र र घाटु नाचको
अनि मारुनीसँग रामलिला गर्ने बिहीबारेको पनि
मिगुर बाजे तपाईंले गाइरहँदा 
बिजाबारे दाइँ तपाईं नाचिरहँदा 
मलाई साच्चै तपाईंको पुर्खाहरूको महिमा गाउनु भन्न मन छ । 
तपार्इंको पहिचान को रङ आउने भाका गाउन भन्न मन छ । 

-हाल : जापान

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप