शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गजल

शनिबार, २० असोज २०७५, १० : ०७
शनिबार, २० असोज २०७५

-हिमालचन्द्र  

तन्त्र जेसुकै आओस,सत्तामा लुटेराहरू छन्
जनतासँग केवल गुनासाका सुस्केराहरू छन्

चाहे तिमी दिन भन वा रात, के फरक छ र
उज्यालोको शिकारमा यहाँ चमेराहरू छन्

मान्छे बिग्रन्छ आफू,दोष जति समयलाई 
इसारामै दुनियाँ नचाउने सपेराहरू छन्

पानी किन्न थालेदेखि काकाकुल भो सहर
अचेल गाउँमा पनि सुनसान पँधेराहरू छन्

व्यधाको स्वादका लागि सहिद भो ढुकुर
हुरीसँग जीवनका लागि लड्ने बचेराहरू छन् ।

-विराटनगर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप