शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जर्मन टोली, रसियन जहाज : यसरी गरिँदैछ नेपालको वायुप्रदुषण मापन (फोटो)

शुक्रबार, ०६ साउन २०७४, १८ : २७
शुक्रबार, ०६ साउन २०७४

काठमाडौँ – राजधानी लगायत नेपालका विभिन्न भागको वायुमण्डल प्रदुषणको मापन शुरु भएको छ । 

जर्मनीको अल्फ्रेड–वेग्नर इन्सिटिच्युडको नेतृत्वमा युरो स्ट्रोटाक्लयाम कन्सोटेरियमको टोली रसियामा बनेको एम ५५ जिओफिसिकाका साथ नेपाल आइपुगेको हो ।

यो विमान रसियामा दर्ता भएको प्रयोगात्मक जहाज हो । धेरैले यसलाई सैन्य जहाज भने पनि त्यस्तो नभएको अध्ययन टोलीले जनाएको छ ।

यसमा नेपालको नास्ट र इसिमोडसँग सहकार्य गर्दै वायुमण्डलको प्रदुषणको मापन गरिँदैछ ।

विमानलाई यतिबेला बुद्ध एयरको ह्याङ्गरमा राखेर अध्ययन कार्य भइरहेको छ ।

पछिल्लो समय नेपालमा वायु प्रदुषण विश्वमै उच्च भएको सरकारी तथ्याङ्कले देखाएको छ । 

यो कार्यक्रम अन्तरगत नेपालमा जहाज १७ दिनसम्म रहने बताइएको छ ।

हेरौँ तस्विरहरु :


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप