शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

शनिबार, २० असोज २०७५, ०५ : ३४
शनिबार, २० असोज २०७५

आजको राशिफल

वि.सं.२०७५ साल असोज २० गते । शनिबार । ईश्वी सन् २०१८ अक्टोबर ०५ तारिख । नेपाल सम्बत् ११३८ । विरोधकृत् संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४० । आष्विन कृष्ण पक्ष । तिथि द्धादशी,२२ घडी २१ पला,दिउँसो ०२ बजेर ५५ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र मघा,२६ घडी २८ पला,बेलुकी ०४ बजेर ३४ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग शुभ ४५ घडि ५२ पला,रातको १२ बजेर २० मिनेट उप्रान्त शुक्ल । करण तैतिल,दिउँसो ०२ बजेर ५५ मिनेट उप्रान्त गर,रातको  ०१ बजेर ४९ मिनेट उप्रान्त गर । आनन्दादिमा पद्य योग । चन्द्रराशि सिंह । द्वादशी श्राद्ध। त्रयोदशी श्राद्ध। मघा श्राद्ध। कलियुगादि। फर्पिङमा हरि-शंकरयात्रा।

 

काठमाडौंमा सूर्योदय ०५ बजेर ५९ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४३ मिनेट । दिनमान २९ घडी २० पला ।

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाई लेखाईमा प्रशस्त समय दिएपनि न्यून उपलव्धिमा चित्त बुझाउनु पर्ने अवस्था रहनेछ । सामाजिक काम गर्ने अवसर आएपनि जस नपाउँदा मन खिन्न हुनेछ । आफन्त तथा सन्तान पक्षले अनाबस्यक झन्झट दिनेछन् भने माया प्रेममा  आफ्नो मायालुलाई बिश्वासमा लिन बढिनै समय खर्चिनु पर्नेछ । व्यापारमा सोचोजस्तो प्रतिफल प्राप्त नहुन सक्छ । स्वास्थ्यमा सामान्य समस्या आई दैनिक कामहरु प्रभावित हुनेछन् ध्यान दिनुहोला ।

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कृषि तथा पशुपालन व्यावसायमा लगानि गर्दै हुँनुहुन्छ भने मनग्गे लाभ लिन सकिनेछ । आमा वा परिवारका सदस्यसित टाडिनु पर्दा गाह्रो महशुष हुनेछ । पढाई लेखाई बिभिन्न कारणले अश्त व्यस्त रहने तथा तत्काल सुधार गर्न नसकिने हुँदा अरुभन्दा पछि परिनेछ । सर्बसाधारण सहयोग नगर्ने हुँदा राजनिति तथा समाजसेवामा पनि आजको दिन लाग्ने समय छैन । स्वास्थ्य सम्बन्धि समस्या आउँने योग रहेकोछ ।

 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अदालति तथा न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । दाजुभाई तथा आफन्तको सहयोगमा व्यापारमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । माया प्रेमको डोरो कसिएर जानेछ भने जीवन साथिको सम्बन्ध थप प्रगाड भएर जानेछ । छोटो तथा रमाईलो यात्राको सम्भावना भएपनि यात्राका क्रममा ध्यान दिनु जरुरि छ । पढाई लेखाईमा सुधार गर्न सकिने तथा नतिजा हात पार्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लामो समय लगाएर गरिएको कामको नतिजा तपाईको पक्षमा नआउँने हुनालेमन दुखि हुनेछ । बन्द व्यापारमा सोचेजस्तो आम्दानि नहुँन सक्छ । आम्दानि भन्दा खर्च बढ्ने हुनालेआर्थिक व्यावस्थापनमा गडबड हुनेछ । रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहो सापटि लगेको तथा लानेहरुले नफर्काउँनाले काम गर्न गाह्रो हुनेछ । प्रणय सम्बन्ध चिसिने अधिक सम्भावना रहेकोछ भने आफन्तसँग नै मनमुटाब बढ्नेछ ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समय र परिस्थितिको राम्रो सँग अध्ययन गरेर काम कामहरु थालनि गर्नुहोला अरुको सल्लाह तथा सुझाब मान्दा व्यापार व्यावसायमा लगानि फस्ने योग रहेकोछ । राजनिति तथा समाजसेवामा कमाएको ईज्जत प्रतिष्ठा यथास्थानमा राख्न हम्मे हम्मे पर्नेछ । भौतिक सम्पति तथा बिलाशि बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । घर परिवार तथा आफन्त जनसँग मनमुटाब बढ्ने योग रहेकोछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

 

कन्या (टो,पा,पी,पू ,ष,ण,ठ,पे,पो) अन्तराष्ट्रिय बजारमा उत्पादित सामानको व्यापार व्यावसाय गर्दा प्रशस्त नाँफा कमाउँन सकिनेछ । लामो दुरिको बिदेश यात्रा हुनेछ । धार्मिक कार्य तथा सामाजिक कार्यमा खर्च बडेपनि मन खुसि रहनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले नसताउँला भन्न सकिन्न । पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ भने माया प्रेममा एक अर्कालाई शंका गर्नाले मनमुटाब सिर्जना हुनेछ ।

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) रुपैया पैसा कमाउँने काममा सहभागि हुन सकिनेछ । व्यावसायमा प्रसस्त आम्दानि हुँने हुँने तथा आम्दानिका स्रोतहरु बढेर जानेछ । पैत्रिक धन सम्पति हात लाग्ने योग रहेको छ । दाजुभाईबाट भने जस्तो सहयोग पाईने हुनालेमन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनालेअरु भन्दा अगि आउँन सकिनेछ ।  आफुले सोचेका तथा चाहेका बस्तुहरुको प्रयोग गर्न पाउँदा मन प्रफुल्लित हुनेछ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) नयाँ नयाँ काम गरि समाजको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । रोजगारिका अवसर सिर्जना गरि मनग्गे धन सम्पति कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट लाभ पाउँनेछन् । पढाई लेखाईमा उत्कृष्ट नतिजाका साथ सफलताको सिडिहरु चढ्न सकिनेछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे धन कमाउँन सकिने समय रहेकोछ । प्रेमका कोपिलाहरु पक्रियर जानेछन् ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुँन सक्छ  । सामाजिक कामको सिलसिलामा व्यास्त हुँने समय रहेको भएपनि प्रतिफल शुन्य जस्तै हुनेछ । राजनिति तथा समाजसेवामा गरिएको लगानि बालुवामा पानि जस्तै हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । निति निर्माण तहमा तपाईको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथिहरुबाट आलोचना खप्नु पर्नेछ  ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आउँने ठाउँबाट रुपैया पैसा नआउँनाले बनाएका योजनाहरु भताभुङग हुँनेछन् । व्यापारमा उधारो लगेर नतिर्नेहरु हाबि हुँनेछन् भने आम्दानि नहुनालेदैनिकी प्रभावित हुनेछ । माया प्रेममा तित्तता आउँने तथा दाम्पत्य जीवनमा एक अर्कालाई शंकाको दृष्टिले हेर्नाले घरमा समस्या उत्पन्न हुनेछ । समय र परिस्थितिको राम्र्रो सँग अध्ययन गरेर मात्र कुनै काम गर्नुहोला काम बिग्रन सक्छ । बैक तथा शेयर बजारको लगानि भने फस्टाएर जानेछ ।

 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै दैनिकि सुखद तथा सक्बृद्ध बनाउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । पढाई लेखाईमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरिरमा एक किसिमको जोस जागर आउँनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने बिलाशि तथा भौतिक बस्तु प्राप्तिको गतिलो योग रहेकोछ ।

 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् भने सत्रुलाई परास्त गर्ने उपाए फुर्नेछ । पुराना रोग तथा ऋणबाट मुक्त भई नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिने तथा परिवारका आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । अध्यानमा प्रतिष्पर्धिहरुलाई साईड लगाउँदै एक दुई कदम अगाडि बढ्न सकिनेछ । नया ठाउँबाट प्रेम प्रस्ताब आउँने तथा प्रेमका कोपिलाहरु पक्रिएर जानेछन् ।

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप