शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ लोक सेवा आयोग, उप सचिव पदको प्रथम पत्रको नमूना प्रश्नपत्र

शुक्रबार, १९ असोज २०७५, १६ : ०७
शुक्रबार, १९ असोज २०७५

सबै प्रश्नहरु अनिवार्य छन् ।         

पूर्णाङ्क  : १००            समय : ३ घण्टा
१)     राज्यको पुर्नसंरचना भन्नाले के बुझिन्छ ? नेपालमा यसको किन आवश्यकता छ ? तर्कयुक्त ढंगले विवेचना गर्नुहोस् ।                                                        
          (१५)
२)     नागरिकता प्रदान गर्न नागरिकको पहिचानका लागि व्यवस्था गरिएका आधारहरु उल्लेख गर्दै नेपालमा विद्यमान नागरिकता सम्बन्धी समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्न के ˗ कस्ता सुधारका उपायहरु अबलम्बन गर्नुपर्ला ? तर्कपूर्ण सुझावहरु दिनुहोस् ।                                         (७ं८=१५)

३)     प्रशासनको प्रभावकारिता नेतृत्वमा भर पर्छ भन्नेहरु पनि छन् । असल प्रणालीको विकास नभई नेतृत्व मात्रले सम्भव छैन भन्नेहरु पनि छन् । यी भनाईहरुको सन्द्रर्भमा आफ्नो राय प्रष्ट पार्नुहोस् ।                          (१५)    

४)     संकीर्ण राजनैतिक स्वार्थ नराखी बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक नेपाली समाजलाई बलियोे एकताको सुत्रमा बाँधीराख्न परिवर्तित परिस्थितिमा समाजका अग्रणीहरुले के कस्ता कामहरु गर्नुपर्ने ठान्नुहुन्छ ? आफ्नो धारणा प्रस्तुत गर्नुहोस् ।                                                                                        (१५)

५)     निजामति सेवामा व्यवस्था गरिएको  ©समावेशीकरण© ले नेपालको भावी प्रशासनमा कस्तो प्रभाव पार्ला ? विभिन्न जातजातिलाई छुट्याइएको पदपुर्ति गर्न कस्तो कठिनाई आउन सक्ने सम्भावना देख्नुहुन्छ ? मौलिक उत्तर दिनुहोस् ।
                                                                                                (१५)
समस्या समाधान
६)    नेपालमा आवधिक योजनाको यति लामो अवधिभर सम्ममा पनि विकासका प्रतिफल जनसमक्ष अपेक्षा गरे अनुरुप पुगेको छैन, साधन र स्रोतका दृष्टिÄले नेपालभन्दा धेरै  कमजोर राष्टÄहरु पनि आज विकसित राष्टÄहरुका हाराहारीमा पुगिसकेको अवस्था छ । राष्टÄका विकास योजना, आयोजनाका लक्ष्य तथा उद्देश्यलाई कार्यान्वयनमा रुपान्तरण गर्न परिवर्तनका संवाहक मानिएका कर्मचारीहरु पनि सबल, सक्षम नै देखिन्छन् । विकास प्रशासनका विविध पक्षमा शिक्षा तथा तालिम प्राप्त व्यत्तिहरु पनि राष्टÄमा निकै भइसके । विकासका लागि आवश्यक पर्ने कानूनी, नीतिगत एवम् संस्थागत संरचनाहरु पनि नभएका होइनन् तथापि माथि उल्लेख गरेझैं विकास प्रशासनमा राष्टÄले सन्तोष गर्ने अवस्था रहेको छैन ।

    अतः नेपालको विकास प्रशासनका चुनौती तथा समस्याको पहिचान गर्नुहोस् र कसरी चुनौतीलाई अवसरमा परिणत गर्न सकिन्छ ? समस्याको निदान हुन सक्तछ ? अनुगमन तथा मूल्यांकनको ठोस योजना सहित समस्याको समाधान प्रस्तुत गर्नुहोस् ।                                                 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप