शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

व्यापार घाटा घटाउदै लैजाने मन्त्री कार्कीको प्रतिवद्धता

शुक्रबार, ०६ साउन २०७४, १७ : ५०
शुक्रबार, ०६ साउन २०७४

काठमाडौ– अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले व्यापार घाटा कम गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् । अर्थमन्त्री कार्कीले आन्तरिक उत्पादन वृद्धि गरेर व्यापार घाटा कम गर्न सरकारले आवश्यक बजेटको व्यवस्था गरिसकेको पनि स्पष्ट पारेका छन् । 

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दीगो आर्थिक विकासका लागि स्थानीय स्रोत, साधनलाई परिचालन गर्ने नीति लिइएको पनि स्मरण गराए । 
अर्थमन्त्री कार्कीले स्थानीय तहमा आर्थिक गतिविधिलाई तीव्रता दिने गरी बजेटको व्यवस्था गरिएको पनि बताए । उनले आर्थिक वृद्धिदरलाइ बढाउँदै लैजाने गरी सरकारले राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माण कार्यलाई उच्च प्राथमिकता दिएको पनि उल्लेख गरे ।

सरकारले चालू आर्थिक वर्षमा ७ दशमलव २ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप