बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गाइको घ्यूले कोलेस्ट्रोल कम गर्छ, मुटुलाई स्वस्थ राख्छः यस्ता छन् फाइदा

शुक्रबार, १९ असोज २०७५, १२ : ५५
शुक्रबार, १९ असोज २०७५

धेरैजसो मानिसहरुलाई लाग्छ कि गाइको घ्यू खाँदा शरिरमा बोसो बढ्छ, तौल बढ्छ र यसले स्वास्थ्यसँगै मुटुसम्बन्धि विभिन्न रोग पनि निम्त्याउँछ । त्यसकारण धेरै मानिसहरुले यसलाई खानाको स्वाद बढाउने हिसाबले कहिलेकाँही खाने गर्छन् । तर यो सबै भ्रम हो । भिटामिनले भरपुर गाइको घ्यू स्वास्थ्यका लागि मात्र नभई छाला र कपालका लागि पनि निकै फाइदाजनक मानिन्छ । जोडोयाममा यो सेवनले विशेष लाभ पुर्याउने बताइन्छ । आयुर्वेदाचार्य डा. सरोज पाण्डेले दैनिक एक चम्चा घ्यू खानुका फाइदाबारे जानकारी दिएका छन् ।

कमजोरी हटाउँछः

एक गिलास मनतातो दुधमा गाईको दुध मिसाएर पिउँदा थकान र कमजोरी हट्छ । यसबाहेक गाईको घ्युलाई राती सुत्नुअघि हल्का मनतातो पारेर एक थोपा नाकमा हाल्नुहोस् । यसले घुर्ने समस्याबाट राहत दिलाउँछ ।

आँखाका लागि फाइदाजनकः

एक चम्चा गाईको घ्युमा एक चौथाई कालो मरिच मिसाएर बिहान खाली पेट र राती सुत्नेबेला खानुहोस् । यसले आँखाको चमक बढाउँछ ।

मुटुका लागि फाइदाजनकः

गाईको घ्युको सेवन गर्दा विभिन्न रोग हट्ने गर्छ । यसबाहेक यो मुटुरोगका लागि पनि फाइदाजनक हुन्छ । यसले कोलेस्ट्रोल कम हुन्छ ।

पाचन शक्ति बलियोः

घ्यूमा ब्यूटिरिक एसिड अत्यधिक मात्रामा पाइन्छ । यसबाहेक गाइको घ्यूमा निकै सजिलै पच्ने स्याचुरेटेड फ्याट हुन्छ ।

हड्डी बलियो बनाउँछः

गाइको घ्यूमा एन्टी क्यान्सर, एन्टी भाइरल गुण हुन्छ । बालक, वृद्धा वा जवान जो सुकैका लागि गाइको घ्यूको सेवन निकै फाइदाजनक मानिन्छ । यसमा पाइने भिटामिन र पोषक तत्वले हड्डीलाई बलियो बनाउँछ र शरिरको रोग प्रतिरोधी क्षमता वृद्धि गर्छ ।

छालालाई नरम बनाउँछः

घ्यूमा एन्टिअक्सिडेन्ट गुण पाइन्छ जसले अनुहारमा चमक आउने गर्छ । अनुहारमा गाइको घ्यूले मसाज गर्नुहोस् । यसले छाला नरम हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप