मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

चलखेल गरेर सत्तामा जान नपाएपछि देउवाद्वारा लगातार विरोध : मुख्यमन्त्री पोखरेल

शुक्रबार, १९ असोज २०७५, १२ : ४३
शुक्रबार, १९ असोज २०७५


बुटवल । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दुई कम्युनिष्ट पार्टी औपचारिक रुपमा एक भएपछि  योजनाबद्ध रुपमा सरकारमाथि प्रहार गरिरहेको बताएका छन् । 

प्रदेश नम्बर ५ का पार्टी इन्चार्जसमेत रहेको पोखरले आज पत्रकार सम्मेलनमका दुई पार्टी औपचारिक रुपमा एक नहुँदासम्म सरकारको खासै विरोध नगरेको तर पार्टी एकतापछि नेपाली काँग्रेसले विरोध एकपछि अर्को गर्दे शुरु गरेको बताएका हुन् । 

उनले भने, ‘चलखेल गरेर सत्तामा पुगिन्छ कि भन्ने आशा थियो होला । अहिले त्यो सकियो त्यसैले काँग्रेसले योजनाबद्ध प्रहार गरिरहेको छ ।’ 

उनले देउवाले पार्टीमा आफुभित्रको बिरोधलाई मत्थर पार्न सरकारबिरुद्ध योजनाबद्ध रुपमा लागेको आरोप लगाए । पोखरेलले सभापति देउवाले आफनो बिरोधलाई मत्थर पार्न सरकार बिरुद्धको आन्दोलनमा कार्यकताहरुलाई उक्साएको पनि बताए । पार्टी आयोजना गरेको पत्रकार सम्मेलनमा अधिकांश समय काँग्रेसको आलोचनामा नै पोखरेल खर्चिएका थिए । 

पोखरेलले समाजका बेथितिहरुलाई अन्त्य गर्दै सुधार र विकासका एजेण्डाका साथ संघीय सरकार अघि बढन खोजिरहेकोमा समाजमा अस्थिरता चाहिरहने शक्तिले नियोजित रुपमा अफवाह फैलाइरहेको पनि बताए । 

बलियो सरकार बनेका समयमा हिंसा सहेर बस्नु हुँदैन भन्ने मनोबल महिलाहरुमा बढेकाले महिला हिंसाका घटना बाहिर आउने क्रम बढेको उल्लेख गर्दै त्यस्ता घटनामा संलग्नलाई कडा कारवाही हुने उनको भनाई थियो । 

सरकारले यातायात क्षेत्रको सिण्डिकेट, निर्माण क्षेत्रको दवदवा,  गैर सरकारी संघ सस्थाहरुको अनुगमन तथा बजारको एकाधिकार तोडेर समाजमा सुधार गर्न खोज्दा पनि सरकारमाथि प्रहार भइरहेको भन्दै अहिले जनता निराश भएको नभई सरकारले छिटो काम गरोस् भन्ने चाहेको बताए । 

कार्यक्रममा पार्टीका प्रदेश अध्यक्ष तथा पूर्वसभामुख ओनसरी घर्तीले पार्टीका सबै कार्यकर्ताको बनोवललाई उचो बनाउँदै पार्टीलाई बलियो बनाउने बताइन् । 

उनले दुई पार्टीको एकतालाई कार्यकतामा थप उत्साह आएको भन्दै तत्लो तह कार्यकताहरुको मन मिल्र्दै गएको बताईन्। 

नेकपाको प्रदेश कमिटीको बैठकले प्रदेश अन्र्तगतका १२ जिल्ला मातहतका कमिटी गठनका लागि सिफारिस गर्न र पार्टीका तत्काल कार्यक्रम सञ्चालनका लागि प्रत्येक जिल्लामा ४–४ जनाको कार्यदल गठन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप