बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘कम्युनिष्ट नेता–कार्यकर्तालाई पहिला खान नपाएर ग्यास्ट्रिक, अहिले धेरै खाएर कोलस्टोर’

शुक्रबार, ०६ साउन २०७४, १७ : ४१
शुक्रबार, ०६ साउन २०७४

शेरचनले भने– दोहोर्याइ तेहर्याइ मन्त्री हुनेको नियत ठीक छैन

काठमाडौं– नेकपा माओवादी केन्द्रको पेरिसडाँडामा जारी केन्द्रीय सचिवालयको विस्तारित बैठकमा नेताहरुले रमाइलो तरिकाले घोँचपेच गरिरहेका छन् ।

शुक्रबारको बैठकमा बोल्ने पालो पाएका नेता अमिक शेरचनले नेता कार्यकर्तामाथि ठूलै ब्यङग्य बाण हाने ।  पहिला पहिला कम्युनिष्ट कार्यकर्तालाई खान नपाएर ग्याष्ट्रिक हुने गरेको तर हिजाआज भने धेरै खाएर कोलस्ट्रोलको समस्या हुने गरेको भन्दै तिखो प्रहार गरे । 

‘पहिला पहिला खान नपाएर कम्युनिष्ट नेता–कार्यकर्तालाई ग्यास्ट्रिक हुन्थ्यो’, शेरचनले भने, ‘अहिले हेर्नुस् त धेरै खाएर कोलस्टोर छ ।’ उनले आफूले पुष्पलालदेखि प्रचण्डसँगसम्म काम गरेको स्मरण गर्दै संगठन निर्माण गर्ने तरिकाको आलोचना गरे । ‘मैले चेपाङ र सुकुम्वासी वस्तीमा गएर संगठन बनाएँ’, शेरचनले भने, ‘तर विगत र अहिले संगठनमा काम गर्ने तौरतरिकामा धेरै फेरबदल आएको छ ।’ 

शेरचनले पार्टीभित्र जो–जो नेताले दोहोर्याई– तेहर्याई मन्त्री हुन मन गर्छन् उनीहरुको नियत ठीक नभएको बताए ।

‘एउटै मान्छे पटक–पटक, घुमाई–फिराई किन मन्त्री हुन्छ ? कुरा सिधा छ घुस खान मन्त्री हुन्छन् । म केही समय स्वास्थ मन्त्री भएँ । त्यहाँ के भ्रष्ट्राचार होला भनेको त त्यो त सवै भन्दा ठूलो भ्रष्ट्राचारको केन्द्र रहेछ ।’ उनले भने, ‘अहिले हाम्रा केही साथीहरुलाई त्यहीँ मन्त्रालयमा जान मरिहत्ते छ ।’

नेता शेरचलने विगत र अहिले संगठनमा काम गर्ने तौरतरिकामा धेरै फेरबदल आएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप