शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज : एक्लै आयो ‘निर्जला’

शुक्रबार, १९ असोज २०७५, ११ : १९
शुक्रबार, १९ असोज २०७५

काठमाडौं – हरेक हप्ता दुई वा तीन चलचित्रको भिडन्त हुँदै आएको नेपाली चलचित्र क्षेत्रमा यो साता अर्थात आजबाट एकमात्र चलचित्र प्रदर्शनमा आएको छ । चलचित्र हो ‘निर्जला’ । 

राजु गिरीको निर्देशन रहेको यो चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएको हो । ‘निर्जला’ गाउँले परिवेशको कथामा निर्माण भएको चलचित्र हो ।

चलचित्रमा किशोर खतिवडा, शुभेच्छा थापा र निक शर्मा, श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, राजकुमार थापा, राजेन्द्र गिरी, भीम खनाललगायतको अभिनय रहेको छ ।

प्रकाशचन्द्र न्यौपानेको निर्माण रहेको चलचित्र आफूले निर्देशन गरेका अन्य चलचित्रभन्दा फरक रहेको बताए ।

चलचित्रमा अशोक खड्काको द्वन्द्व, कमल राईको नृत्य तथा रवि कोइरालाको छायाँकन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप