शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मिर्गौलामा समस्या छ ? यसरी गर्नुहोस् आयुर्वेदिक उपचार

शुक्रबार, १९ असोज २०७५, १० : ४६
शुक्रबार, १९ असोज २०७५

काठमाडौं - सुविन श्रेष्ठलाई १२ वर्षको उमेरमै मिर्गौलामा समस्या देखियो । मिर्गौला फेर्नुपर्ने सल्लाहपछि निकै आत्तिएका उनी अहिलेसम्म आयुर्वेदिक उपचारबाट स्वस्थ जीवन बिताइरहेका छन् । 

मानिसको शरीरमा १ दशमलव ४ एमजीलाई सामान्य मानिन्छ तर सुविनको मृर्गौलामा क्रिटिनाइन (शरीरको फोहर) ३ एमजी देखियो । उनका बाबु फणीन्द्रले धेरै चिकित्सकको परामर्श लिए । मिर्गौला फेर्नुपर्ने नै सल्लाह दिएपछि निराश भएका उनले आयुर्वेदिक उपचार पद्धति थाले र १६ वर्षे सुविन अहिलेसम्म विना डायलासिस स्वस्थ्य छन् । 

काठमाडौं महानगरपालिका–१६ पकनाजोल घर भएका सुविनका बाबु फणीन्द्रले भने, “१२ वर्षको कलिलो छोराको मिर्गौला फेर्नुपर्छ भन्दा मनले हरेश खाइसकेको थियो तर आयुर्वेदिक औषधिले ठीक गरायो, अहिले छोराको स्वास्थ्य ठीक छ ।” 

कुपण्डोल गुरुद्वारा नजीकै रहेको गणेश आयुर्वेदिक औषधालयका वैद्य गणेशबहादुर राउतसँग आवश्यक परामर्श लिएर औषधि खान थालेपछि क्रिटिनाइन विस्तारै कम हुँदै आएको र अहिले उनी सामान्य अवस्थामा छन् । 

सुविनजस्तै जनकपुर-९ धनुषा निवासी ४५ वर्षीया चन्दा साहलाई पनि चिकित्सकले डायलासिस गर्नुपर्छ भनेपछि तनाव भएर आयुर्वेदिक उपचार शुरु गरे । उनको क्रिटिनाइन ४ दशमलव ५ पुगेकामा अहिले सामान्य अवस्थामा आइसकेको छ । 

“मिर्गौला उपचारका लागि डायलासिस गर्नुपर्छ भनेपछि मैले हरेश खाएकी थिएँ तर आयुर्वेदिक औषधिले ठीक हुन्छ भनेपछि यसमै लागेँँ, चार वर्षसम्म लगातार उपचार गरेपछि अहिले राम्रो भएको छ”, आफू स्वस्थ्य भएकोमा खुशी हुँदै साहले भनिन्, “अहिले म सबै काम गर्न सक्छु, बिरामी छु भन्ने पनि महसुस हुँदैन ।” 

सुविन र साहजस्तै धेरैले आयुर्वेदिक पद्धतिबाट सस्तो र विना डायलासिस मिर्गौलाको उपचार गरी स्वस्थ्य जीवन बिताइरहेका छन् । वैद्य राउतका अनुसार मिर्गौलामा क्रिटिनाइन एक दशमलव चार एमजी हुनु सामान्य हो तर उमेर बढ्दै गएपछि दुई एमजीसम्मलाई पनि सामान्य मानिन्छ । मिर्गौलाले रगत र पिसाबमा भएको फोहर छान्ने काम गर्छ । 

“मिर्गौलाको उपचारमा डायलासिस गर्दा राज्यको र व्यक्तिको पनि अत्यधिक खर्च भइरहेको छ”, उनको भनाइ छ, “एक बिरामीलाई डायलासिस गर्ने पैसाले आयुर्वेदिक पद्धतिबाट १०० बिरामीको उपचार गर्न पुग्छ ।” 

मिर्गौलाको समस्या नसर्ने खालको रोग हो । यस्ता बिरामीमा आयुर्वेदिक पद्धतिले सफलता पाउनु को कारण खानपानमा जिम्मेवार, उपचारमा निरन्तरता र सचेतना नै मुख्य भएको वैद्य राउतको अनुभव छ । 

किन हुन्छ मिर्गौलामा समस्या ?

क्रिटिनाइन भनेको शरीरको जमेको फोहर हो । मिर्गौलामा जब क्रिटिनाइन बढेर रगत बाक्लो भएपछि पानीको अभाव हुन्छ अनि मिर्गौलाले फोहर छानेर पठाउन सक्दैन । शरीरमा क्रिटिनाइन बढी हुन्छ । 

“मानिसले मिर्गौला फेल भयो भन्ने गर्छन्, तर मिर्गौला फेल भएको होइन कमजोर हुन्छ”, वैद्य राउतले भने, “मेरो अनुभवमा क्रिटिनाइनको मात्रा बढेर दश एमजी नै भए पनि आत्तिनु पर्दैन तर यस पद्धतिबाट डायलासिस शुरु नगरेको अवस्थामा मात्रै काम गर्न सकिन्छ ।” 

आयुर्वेदिक उपचार पद्धतिले फोहरलाई दिसा÷पिसाबबाट बाहिर निकाल्छ । मिर्गौला क्रमशः प्राकृतिक रूपमै सक्षम हुँदै आउँछ । डायलासिस गरिसकेपछि यो विधिले काम दिँदैन, किनभने शरीरको प्राकृतिक संरचनामा समस्या आइसकेको हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप