दिपायल विमानस्थल निर्माण अलपत्र
डोटी — निर्माण कम्पनीले तोकिएको समयमा काम नगर्दा दिपायल विमानस्थलको कालोपत्रे गर्ने काम अलपत्र छ ।
समयमा काम नसकिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले अवधि थप्ने÷नथप्ने निर्णय नगर्दा पनि निर्माण अवरुद्ध भएको हो ।
कालोपत्रेको निर्माण नसकिँदा र म्याद पनि थप नहुँदा निर्माण कम्पनीले काम अघि नबढाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनीयर नलविक्रम थापाले बताए । यी विमानस्थलमा रनवे कालोपत्रेलगायतका काम गर्न बाँकी छ । तोकिएको समयमा काम नसकिँदा अधुरै रहेको डोटीको दिपायल विमानस्थलको निर्माणको काम पनि अलपत्र अवस्थामा परेको छ ।
काम सञ्चालन नहुँदा महीनादेखि निर्माणको काम ठप्प रहेको विमानस्थल निर्माण हेरिरहेका इञ्जिनीयर बालकृष्ण रेग्मीले बताउनुभयो । काम शुरु गरेपछि मात्रै म्याद थपेर अन्तिम पटकका लागि मौका दिने मनसायमा प्राधिकरण पुगेको रेग्मीले बताए ।
यस्तै बैतडीको पाटन विमानस्थलको काम पनि लामो समयदेखि अलपत्र छ । अछामको साँफे विमानस्थल गएको जेठमै निर्माण सम्पन्न भई परीक्षण उडान गरिँदासमेत दिपायल तथा पाटन विमानस्थलको काममा ढिलाइ हुँदा निर्माणको काम अलपत्र परेको हो ।
पाटन विमानस्थलको गत असारमा समय सकिँदा पनि निर्माण कम्पनीलाई म्याद थपिएको छैन भने दिपायल विमानस्थलमा ६ महिनाको म्याद थपिए पनि सो समयमा पनि काम नसकिएपछि म्याद थपको माग भएकोमा म्याद नथपिएको बताइएको छ । डोटीको दिपायल विमानस्थलको काम सेर्पाग्याल्भा कम्पनीले लिएको छ ।
सुदूरपश्चिम प्रदेशको दोस्रो ठूलो डोटीको दिपायल र बैतडीको पाटन विमानस्थल कालोपत्रेको काम निर्धारित समयमा नसकिएपछि अहिले निर्माणको काम अलपत्र छ ।
गत असारमा सक्ने लक्ष्यसहित निर्माण शुरु गरिएको दिपायल विमानस्थलको कालोपत्रे गर्ने कार्य नसकिएपछि म्याद थपका लागि निवेदन दिइएको छ । डोटीको दिपायल विमानस्थलमा करीब रु पाँच करोड ५० लाख र बैतडीमा झण्डै रु ११ करोडको लागतमा विमानस्थल कालोपत्रेको काम शुरु गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘माया प्रीति’ मा भित्रिइन् दिव्या
-
रवि लामिछानेविरुद्ध अभियोजन गर्ने चितवनका सरकारी वकिलको सरुवा, छानबिन गर्न समिति गठन
-
इटलीपछि अष्ट्रेलियाले पनि लगायो डीपसिकमाथि प्रतिबन्ध
-
मूर्ति सेलाउँदा डुबेर बेपत्ता विद्यार्थीको शव १४ घण्टा पछि फेला
-
सीआइएका सम्पूर्ण कर्मचारीलाई खरिद प्रस्ताव
-
च्यासल खेल मैदान मर्मत गर्न दुई करोड लाग्ने