बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जुँगाको कारण मलेसियामा चर्चामा छन् यी नेपाली

शुक्रबार, १९ असोज २०७५, ०९ : २९
शुक्रबार, १९ असोज २०७५

क्वालालामपुर । सैलुन चलाउने कैलाश नाउ अहिले मलेसियामा चर्चामा छन् । उनी जाने औपचारिक कार्यक्रमहरुमा धेरैको नजरमा उनीमाथि हुन्छ । 

यसको कारण हो उनको जँुगा । उनले गालामा झपक्क बाक्लो दाह्री छ र त्यसको छेउबाट एन्टेना आकारको जुँगा निकालेका छन् ।  

यही जुँगाको कारण उनी मलेसियाका मिडियामा समेत छाइरहेका छन् । मलेसियाको एक मात्र अंग्रेजी माध्यमको ब्रोडसिट समाचारपत्र न्यू स्ट्रेट टाइम्स(टाइम्स)ले उनको बारेमा विशेष समाचार छापेको छ । 

टाइम्ससँगको कुराकानीमा उनले जँुगाकै कारण आफूलाई अमेरिका र ब्रिटेनमा भएको तीन अन्तर्राष्ट्रिय जुँगा÷दाह्री प्रतियोगितामा निमन्त्रणा आइसकेको बताए ।  

तर दुरभाग्यवश आयोजकहरुको बलियो सिफारिसको बावजुद उनले दुई पटक भिषा पाउन सकेनन् ।

“म त्यहाँ प्रतिस्पर्धा गर्न चाहन्थे । यसले मलाई चिनाउन सहयोग गथ्र्यो र मेरो प्रसिद्धी बढाउने थियो,” कैलाशले टाइम्ससँग कुरामा भने ,“तर यसले मलाई फेरी प्रयास गर्नबाट निरुत्साहित गरेको छैन । अर्को पटक मलाई भाग्यले अवश्य साथ दिनेछ ।”

कैलाशले मलेसियाको सबैभन्दा पुरानो पत्रिका न्यू स्ट्रेट टाइम्ससँगको कुरामा आफूलाई निमन्त्रणा आएको तीन प्रतियोगिताबारे पनि बताए । 

“पहिलो विश्व दाह्री र जुँगा च्याम्पियनसीप–२०१७ को थियो । यो सोही वर्ष सेप्टेम्बर १–३ टेक्सासको अस्टिनमा आयोजना भएको थियो । दोस्रो ब्रिटिश दाह्री जुँगा प्रतियोगिता–२०१८ थियो । यो यही वर्ष अगष्ट १८ मा आयोजना भएको थियो, ” कैलाशले भने ,“अन्तिम चाँही अघिल्लो महिना सेप्टेम्बर २५–२९ मा अमेरिकाको भर्जिनियाको रिचमण्डमा भएको ग्रेट अमेरिकन वियर्ड एण्ड मुस्ट्याच च्याम्पियनसीप २०१८ हो । ”

कैलाश मलेसियाको राजधानीको जलन टुन एच.एस.लीमा रहेको मास्टर सैलुन सञ्चालन गर्छन् । उनी आफ्ना ग्राहकहरुसँग कपाल काटे बापत मलेसियन रिङ्गिट १२ र सेभ गरेको बापत अतिरिक्त मलेसियन रिङ्गिट १० लिन्छन् । उनका अधिकांश ग्राहक नेपाली अप्रबासी कामदारहरु छन् । 

हालसालै उनी जेल लगाएको आफ्नो भी आकारको जँुगाका साथ क्वालामपुरमा आयोजना भएको नेपाली राष्ट्रिय दिवसको कार्यक्रममा सहभागी भएका थिए । 

उनी कार्यक्रमको मुख्य आकर्षण थिए । कार्यक्रममा सहभागि धेरै पाहुनाले उनीसँग फोटो खिचाएका थिए । फोटो खिचाउनेमा कार्यक्रममा उपस्थित कुटनीतिज्ञ समेत थिए । 

न्यू स्ट्रेट टाइम्सको समाचार अनुसार कैलाश १३ वर्षअघि मलेसिया गएका थिए । त्यहाँ उनले शुरुमा नेपाली कामदारहरुको लागि एजेन्ट खोज्ने काम गरेका थिए । 

“दुई वर्षपछि मैले पञ्जा बनाउने काम गरें । त्यहाँ दुई वर्ष काम गरेपछि स्थानीयहरुसँग एक व्यापारिक साझेदारी बनाएर कपाल काट्ने व्यापार शुरु गरेँ,” टाइम्ससँग कुरामा कैलाशले भने, “यहीनै आठ वर्ष अघि जुँगा र दाह्री बढाउनेबारे थाहा पाएँ । त्यस लगतै मैले यो सम्बन्धित अन्तर्राष्ट्रिय प्रतियोगिताबाट आकर्षित भएँ ।”

–एजेन्सीको सहयोगमा ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप