बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रायमाझीको विश्लेषणः बल्ल माओवादी खुट्टाले टेकेको पार्टी

शुक्रबार, ०६ साउन २०७४, १७ : २२
शुक्रबार, ०६ साउन २०७४

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले माओवादी बल्ल खुट्टाले टेकेको पार्टी भएको बताएका छन् । 

माओवादी केन्द्रको केन्द्रीय सचिवालय वैठकमा बोल्दै रायमाझीले चुनावपछि बल्ल माओवादी खुट्टाले टेकेको बताए । ‘स्थानीय तहमा जे जस्तो नतिजा आएको छ । यसबाट म उत्साही छु । अव पार्टी बनाउन सकिन्छ । चुनाव अगाडिसम्म माओवादी टाउकाले टेखेको पार्टी थियो । अव बल्ल खुट्टाले टेकेको छ ।’ उनले भने ।

नेता रायमाझीले विगतमा आफुले बाबुराम भट्टराईको विचार समूहमा काम गरेको भएपनि बाबुरामले माओवादी छाडेपछि आफुले कुनै गुट नचलाएको बताए । उनले भने, ‘पहिला गुट पनि हेरियो । गुटले केही काम नगरेपछि छाडेको हो,’ उनले भने, ‘अहिले पनि साथीहरु गुटमा रमाएका छन । गुटले के गर्छ, किन मरिहत्ते गर्छन, मैले कही बुझ्न सकिनँ ।’

नेता रायमाझीले आफु पार्टीमा संसदीय दलको उपनेता भएपनि केही थाहा नपाउने गरेको गुनासो गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप