शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

१२ दिने विदेश भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली (फोटोफिचर)

बिहीबार, १८ असोज २०७५, १७ : ०७
बिहीबार, १८ असोज २०७५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको महासभाको ७३ औँ बैठकमा सहभागि भएर विहीबार स्वदेश फर्किएका छन् । 

प्रधानमन्त्री ओलीलाई बिहीबार अपरान्ह कार्यबाहक प्रधानमन्त्री इश्वर पोखरेल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

गत असोज ६ गते महासभा बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गदै प्रम ओली न्युयोर्क प्रस्थान गरेका थिए । 

महासभा बैठकपछि प्रम ओली  कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणमा गएका थिए । 

त्यस्तै प्रधानमन्त्री ओलीले न्यूयोर्कमै राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनलाई सम्बोधनपछि कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग दुईपक्षीय भेटवार्ता पनि गरेका थिए । 

प्रधानमन्त्री ओलीले सान होजेमै शान्ति विश्वविद्यालयले (युनिभर्सिटी फर पिस) प्रदान गरेको मानार्थ विद्यावारिधीको उपाधि ग्रहण गरेका थिए ।  

प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रमुख सल्लाहकार विष्णु रिमाल, शिष्टाचार महापाल दीपक अधिकारीलगायत सहभागि थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप