मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पेरिसडाँडा बैठकमा नारायणकाजीले भने– बन्दुक नबोक्दैमा क्रान्तिकारी भइँदैन ?

शुक्रबार, ०६ साउन २०७४, १७ : १२
शुक्रबार, ०६ साउन २०७४

काठमाडौं– चार दिनदेखि जारी माओवादी केन्द्रको केन्द्रीय सचिवालयका वैठकमा नेताहरुले आ–आफ्ना धारणा राख्नेक्रम जारी छ । चुनावी नतिजाको समीक्षाका लागि वैठक बोलाइएपनि नेताहरुवीच एक–आपसमा घोँचपेच पनि जारी छ । शुक्रवारको वैठकमा त ठूलै नेताले घोँचपेच गरे ।

वैठकमा आफ्नो धारणा राख्दै नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बन्दुक नबोक्दैमा क्रान्तिकारी भइदैन ? भन्ने प्रश्न उठाएर माओवादीभित्र जनयुद्ध लडेका र नलडेकाबीचको विवाद सतहमा ल्याए ।

‘हाम्रो पार्टीमा जनयुद्ध लडेका र जनआन्दोलन गरेकाहरु भनेर कित्ताकाट छ । सधैं जनयुद्ध लडेको भनेर थर्काउने गरिन्छ । के माक्र्स, एंगेल्सले बन्दुक बोकेका थिए ? के उनीहरु क्रान्तिकारी होइनन् । बन्दुक नबोक्दैमा क्रान्तिकारी नहुने हो ?’ प्रकाशले प्रश्न तेर्साए ।

उनले पार्टीभित्र अध्यक्ष प्रचण्डको बढी नै प्रशंसा गर्नेहरु रहेको भन्दै त्यस्तो आवश्यक नभएको बताए । ‘अध्यक्षको प्रशंशा अचाक्ली छ । यो ठीक होइन’, उनले भने, ‘अहिलेको नेपाल राजनीतिमा प्रचण्ड टप लिडर हो । तर, अचाक्ली प्रंशंशा ठीक होइन ।’

नेता प्रकाशले वैठकमा पार्टीभित्रको विचार संश्लेषण महाधिवेशनबाट हुने बताए । उनले पार्टीमा वैचारिक स्खलन भएको पनि बताएका थिए । उनले माओवादीको संगठन आचरण पूँजीवाँदी भएको भन्दै प्रणालीमा चल्नुपर्ने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप