शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फिलिपिन्समा लागुऔषध प्रयोगकर्ता मारिएकोमा नेपालमा विरोध

शुक्रबार, ०६ साउन २०७४, १७ : ०२
शुक्रबार, ०६ साउन २०७४

काठमाडौं– फिलिपिनो सरकारले त्याहाँका लागुऔषध प्रयोगकर्तालाई मारेको विरोधमा नेपालका पूर्व लागूऔषध प्रयोगकर्ताले विरोध जनाएका छन् ।

फिलिपिन्समा नयाँ राष्ट्रपतिले कार्यभार सम्हालेयता झण्डै १२ हजार लागुऔषध प्रयोगकर्ताको ज्यान गइसकेको छ । त्यसको विरोधमा सरोकारवालाहरुले नेपालस्थित फिलिपिन्सको बाणिज्य दुतको कार्यालय चावहिल पुगेर ज्ञापनपत्र बुझाउँदै फिलिपिन्सका लागुऔषध प्रयोगकर्ताहरुको बाच्न पाउने अधिकार सुनिश्चित गर्न माग गरेका हुन् ।

आभास समहुका अध्यक्ष सुधीर पाख्रिनको नेतृत्वमा वाणिज्यदुतको कार्यलय पुगेको सो टोलीले दुतको कार्यलयका व्यवस्थापकीय अधिकृत अनु प्रधानलाई ज्ञापनपत्र बुझाएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप