मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

धर्ममा बढ्दो व्यापारीकरण

बिहीबार, १८ असोज २०७५, १३ : १४
बिहीबार, १८ असोज २०७५

 निरज सापकोटा 

सामाजिक विकाससँगै धर्मका विविध रूपको विकास हुँदै गएको पाइन्छ । मावनशास्त्री तथा समाजशास्त्रीहरूका विचारहरूलाई मान्ने हो भने मानिस सिकारी युगमा जनावारहरूको सिकार गर्नै तथा सिकारसँगै पशुपालन युगमा प्रवेश गर्दासम्म धर्मले पूर्ण रूप नलिसकेतापनि एउटा अलौकिक शक्तिलाई आफ्नो इष्टदेवता मान्ने गरिन्थ्यो । यसरी मानव विकासको इतिहासमा मानिसले सामाजिक प्राणी  वा सामाजको विकास बस्तीको विकास गरेसँगै धर्म मान्ने परम्पराको विकास भयो । 

विश्वमा अनेकौँ प्रकारका धर्म छन् । तिनका अनुयायीहरू पनि अनेकौँ छन् । धर्ममा विविधता भएझैँ त्यसका नियम पद्धति तथा प्रणली पनि फरक छन् । कसैले आकाशलाई देवता मान्छन्, कसैले सूर्यलाई कसैले जल, पहाड तथा अलौलिक शक्तिलाई धर्मका रूपमा पुज्दै आएका छन् । यसरी मानिसले धर्मलाई सतकर्ममा जोडेका छन् । मानिसको सोच, चिन्तन तथा व्यवहार मानवको कल्याणको निम्ति हुनुपर्छ ।

त्यसनिम्ति प्रयत्नरत रहने त्यसका नियमका आधारमा व्यवहारमा परिणत गरिन्छ । वर्तमान समयमा मुख्यतः हिन्दु, इसाइ, इस्लाम, बौद्ध तथा अन्य धर्म मान्ने धर्मालम्बी छन् । यसरी धर्ममा समेत आस्थाका केन्द्रहरू जीवनको व्याख्या सत्कर्मका नियम पद्धतिहरू तथा मृत्युपश्चात आत्माको मुक्ति मोक्ष प्राप्ति माध्यम तथा पवित्र आत्माको वासस्थान आआफ्नै ढङ्गबाट व्याख्या गरेको पाइन्छ । धर्मै पिच्छे नै नियम पद्धति संस्कार अनुशासन फरक फरक छन् । हिन्दु धर्मालम्बी आफूलाई सनातन धर्म भएको मान्छन्, जुन धर्मको न कुनै आदि छ न कुनै अन्त्य यो निरन्तर चलिरहेको धर्म हो भनिन्छ । सबै मुख्य धर्मका अनेकौँ शाखा उपशाखामध्ये आफूलाई सबैले उष्कृत हुँ  भनेर प्रमाणित गर्न खोज्छन् । 

धर्मको बारेमा ‘व्यक्ति वा वस्तुको मूल वृत्ति, प्रवृत्ति, प्रकृति स्वभाव, नियत नीति, स्वाभाविक गुण, सहज वृत्ति श्रेय सुकृत नियमित र नियमित र निधारित काम, व्यवहार, सुख र स्वर्ग प्राप्त हुन भन्ने लोक विस्वासको सुकर्म  ।’ भनेर नेपाली शख्दसागर पाचौँ संस्करणमा उल्लेख छ । तर पछिल्लो समयमा धर्ममा देखिएका अनेकौँ खालका प्रवृत्ति देखापरेका छन् । धर्ममा आस्था विस्वास र समर्पण हुने गर्छ । तर पछिल्लो समय त्यही आस्था र विश्वाससँग व्यापारिक प्रयोजनका निम्ति खर्च हुन थालेको छ । धर्म मनको अन्तरआत्माबाट उत्पन्न हुने विश्वास हो । पछिल्लो समयमा धर्मलाई धर्मका अनुयायीहरू र धार्मिक संस्थाहरू आम्दानीसँग बढी केन्द्रित भइरहेका छन् । भगवात सप्ताह ज्ञानमोक्ष तथा इसाईसँग विभिन्न धार्मिक गतिविधिहरूले  आर्थिक गतिविधिलाई  नै प्रमुख साथ     अगाडि  ल्याउने गरिन्छ । 


नेपालको हिन्दु धर्मको गतिविधिमा समेत यस्ता खालका प्रवृत्ति मौलाउँदै गएका छन् । धार्मिक सप्ताह कार्यक्रमको प्रमुख उद्देश्य आर्थिक सङ्कलन बन्ने गरेका छन् । कार्यक्रम आयोजकले मन्दिर निर्माण, विद्यालय, क्याम्पस तथा अन्य सामाजिक उद्देश्य राखेर कार्यक्रम आयोजना गरिएको पाइन्छ । यस्ता यज्ञ वा सप्ताहको वाचक पण्डित समूहले त्यस लक्ष्यलाई पूरा गरेबापत निश्चित रकम लिने गरेको पाइन्छ । यदि उक्त लक्ष्यभन्दा बढी रकम उठेमा त्यसको निश्चित प्रतिशत रकम थप आयोजक सप्ताह बाचक वा पण्डितको समुहलाई दिनुपर्ने समझदारी हुने गरेको पाइन्छ । यसरी धर्मको प्रसार ज्ञानको खुराकमा समेत आर्थिक सम्झौता दुःख कुरा हो ।

धर्म मानिसको अन्तरात्माबाट उत्पन्न हुने विश्वास हो । पहिला लगानी र त्यसपछि प्रतिफल प्राप्त गर्ने कुण्ठित नियत व्यापारिक मानसिकता हो । यसरी धर्म कर्पाेरेट बन्दै गरिरहेको छ । हिन्दु धर्ममा गरिने कर्मकाण्डी जन्म न्वारान प्रतबन्ध  विवाह तथा मृत्यु संस्कार जस्ता अनेकौँ गतिविधिमा धर्म शास्त्रका विधि जान्ने पण्डितहरूले आफ्नो ज्ञानको मूल्य लिने गएको पाइन्छ । यसरी पछिल्लो समयमा कर्मकाण्डी क्रियाकलाप समयको आधारमा दान लिने कर्पाेरेट कल्चरको  विकास हुँदै गइरहेको छ । 

हिन्दु धर्ममा दसै‌ अगाडि सोह्रश्राद्धमा ब्राह्मणको समय अभावले घण्टाको आधारमा शिला वा भनौँ परिश्रम, दान लिने गरेको पाइन्छ । यसरी धर्मलाई कर्पाेरेट बनाउँदै लगिरहेको प्रष्ट देखिन्छ । धर्मका नाममा विभिन्न खालका आर्थिक गतिविधिहरू हुने गएको प्रशस्त भेटिन्छ । 

भारतका धर्म गुरुहरूले नाफामूलक कम्पनी स्थापना गरी व्यवसाय सञ्चालन गएको पाइन्छ । यसको उदाहरण बाबा रामदेवको पतञ्जलीलाई लिन सकिन्छ । नेपालमा यसरी धर्म गुरुका नाममा कम्पनी निमार्ण तथा उत्पादन कार्य नभए पनि विभिन्न ट्रष्ट स्थापना गरी आर्थिक कार्यमा सहभागी भएको पाइन्छ ।

हामी धर्मका अनुयायीहरू धर्मको आलोचनात्मक सहन सक्दैनौँ । धर्मको नाममा भइरहेको कर्पाेरेट कल्चरको विषयमा आफ्ना धारण र त्यसका गलत कार्यको विरोध गर्न सक्दैनौँ र त्यसबाट धर्म भिरुहरूले  फाइदा उठाउँछन् । नेपालमा धर्म गुरु आचार्य श्रीनिवासले आफूलाई गोली प्रहार गर्न लागाई झुटो साहानुभूति बटुली धर्मको नाममा अनेकौँ फाइदा लुटने सपना तुहिएको छ । अझ हामी धर्मका अनुयायी यति धेरै निरही बन्दछौँ कि हामी त्यस धर्मभित्रका वास्तविकता उजागर गर्नतर्फ लाग्दैनौँ । हामी खालमा बसेका जुवाडे जस्तो हुकुमको एक्काको अधीनमा रहन्छौँ । हाम्रा धर्म गुरु हुकुमको एक्का हो ।

जुवामा हुकुमको एक्का अन्तिम सत्य, अन्तिम जित वा त्यस खेलको सर्वाेपरी शक्तिमान भए जस्तै धर्म गुरु धर्मको अन्तिम सत्य । उहाँको बोली नै धर्मको वाणी धर्मग्रन्ध उहाँको अन्तिम इच्छा नै धर्मको नियम उहाँको भक्ति नै मुक्तिको बाटो ।

यसरी धर्म गुरु आफूलाई ईश्वरको अवतार भएको मान्छन् । हामी भक्तहरू सही र गलत छुट्याउने प्रयत्न गर्दैनौँ । जबसम्म हामी धर्म गुरु नै अन्तिम सत्य हो भनिरहन्छौँ, बाबा रामरहिम, आशाराम बाप्पु जस्ता ढोगी धर्म गुरु जन्मिरहन्छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप