पशुपति क्षेत्र विकास कोषलाई डाबर नेपालको ग्रीनहाउस नर्सरी
काठमाडौं– पशुपतिनाथ देवउध्यानमा रुद्राक्ष, श्रीखण्ड, स्वामी, कपुर, हरसिंगार लगायत विभिन्न प्रजातिका विरुवा तयार गरी पशुपति क्षेत्र परिसर भित्र बृक्षारोपण गर्ने उदेश्यले डाबर नेपालले ग्रीनहाउस नर्सरी स्थापना गरेको छ ।
उक्त ग्रीनहाउस नर्सरी डाबर समुहका ग्लोवल प्रमुख मानव संशाधन ए सुधाकरले पशुपति क्षेत्र विकास कोषका कार्याकारी निर्देशक रमेश कुमार उप्रेतिलाई हस्तान्तरण गरेका छन् ।
यो ग्रीनहाउसमा वार्षिक १ देखि २ लाख विभिन्न प्रकारको दुर्लभ, स्थानिय एवम् धार्मिक महत्वको बिरुवा, फूलकाबिरुवाहरु लगायत विभिन्न प्रजातिका बिरुवाहरु उत्पादन गर्न सकिन्छ । आवश्यक पर्ने बिरुवाहरु सो ग्रीनहाउस नर्सरीमा उत्पादन गरी पशुपतिको खाली क्षेत्रमा बृक्षारोपण गरी सौन्दर्यकरण एवम् हरियाली बृद्धि गर्नको लागि सहायक हुने छ ।
विगत १४ बर्ष देखि डाबर नेपालले पशुपति क्षेत्र बिकास कोषसंगको सहकार्यमा गौशालाचोकको बाटिकाको पुनःनिर्माण, संरक्षण, संवद्र्धन तथा ब्यवस्थापन गर्दै आएको छ भने वनकाली क्षेत्रमा सरसफाई गरी रुद्राक्ष, बेल, चन्दन, वर, पिपल जस्ता धार्मिक महत्वका विभिन्न प्रजातिका बिरुवाहरु बृक्षारोपण गर्दै हरियाली बढाउने कार्य पनि गर्दै आएको छ ।