शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फस्टलुकमा यस्तो देखियो ‘प्रेमलिला’

बिहीबार, १८ असोज २०७५, १० : ४५
बिहीबार, १८ असोज २०७५

काठमाडौं – चलचित्र ‘प्रेमलिला’को फस्टलुक सार्वजनिक भएको छ । बुधबार राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले माघ २५ प्रदर्शन मितिसँगै चलचित्रको पहिलो झलक बाहिर ल्याएको हो । फस्टलुकमा अभिनेत्री दीपशिखाले कपाल मुन्डन गरेकी छन् । 

दीपशिखा खड्का, अलि खान र मौसम खड्काको अभिनय चलचित्रमा रहेको छ । खान र खड्काको यो डेब्यु चलचित्र हो । 

कार्यक्रमा अभिनेत्री दीपशिखाले ‘प्रेमलिला’ आफ्नो डेब्यु चलचित्र भएको बताइन् । ‘मैले ८ बर्षको करियरमा थुप्रै चलचित्र अभिनय गरें । तर मलाई कुनै पनि चलचित्रले चिन्नहाएन ’ उनले भनिन् ‘त्यसैले मैले यसलाई डेब्यु नै ठानेकी छु ।’ उनले चलचित्रको लागि अहिलेसम्म ५ पटक कपाल मुन्डन गरेको सुनाइन् । 

दीपशिखाकै कथा तथा लेखन रहेको चलचित्र पवन गौतमले खिचेका हुन् । जनक पाण्डेले निर्देशन गरेको चलचित्रमा नानीमैया कार्की र फैजिल फिल्मस्को लगानी रहेको छ । फिल्मलाई सुनिल मानन्धरले वितरण गर्दैछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप