बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

शीर्ष नेतृत्वले प्राथमिकता दिनुपर्छ :नेता खनाल

बिहीबार, १८ असोज २०७५, ०९ : १०
बिहीबार, १८ असोज २०७५

काठमाडौँ  — नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता झलनाथ खनालले जतिसक्दो छिटो जनवर्गीय सङ्गठनबीचको एकतालाई निष्कर्षमा पु¥याउनुपर्ने बताए । 

विश्व ट्रेड युनियन महासङ्घ डब्लुएफटियु को ७३औँ स्थापना दिवसका अवसरमा आयोजित ‘सबैका लागि सामाजिक सुरक्षा र निःशुल्क स्वास्थ्य उपचार’ विषयक गोष्ठीमा उनले तल्लो तहसम्म एकीकरणको प्रक्रियालाई टुङ्गोमा पु¥याउन शीर्ष नेतृत्वले प्राथमिकताका साथ लाग्नुपर्ने बताए । 

पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता खनालले भने, “चाँडोभन्दा चाँडो एकीकृत पार्टी निर्माण गरेर त्यसलाई गति दिनुको विकल्प छैन । एकीकृत पार्टी राष्ट्रव्यापी र जनव्यापीरुपमा गतिशील पार्टी र राष्ट्रिय शक्तिका रुपमा रहन्छ । यसले मात्र राष्ट्रिय राजनीतिलाई गति दिन सक्छ ।” 

संविधानबमोजिम जनताको हक अधिकारलाई प्रत्याभूत गर्न धेरै ऐन, कानून निर्माण गर्नु जरुरी रहेको बताउँदै उनले मजदुरसम्बन्धी ऐन परिस्कृत रुपमा निर्माण गरेर सबै श्रमिकलाई हक अधिकारले सुसज्जित बनाउनुपर्ने आवश्यकता औंल्याए । 

विश्व ट्रेड युनियन महासङ्घ, समन्वय समिति नेपालका संयोजक प्रेमलकुमार खनालले बढ्दो महङ्गी र आधारभूत आवश्यकताका वस्तु र सेवामा भइरहेको अधिक मुनाफामुखी प्रवृत्तिका कारण सरकारले तोकेको न्यूनतम पारिश्रमिकबाट श्रमिकको जीवनस्तर माथि उठ्न नसक्ने बताए । 

दोस्रो विश्वयुद्धको अन्त्यपछि संसारभरका श्रमिक पुनःसङ्गठित हुने क्रममा ५६ देशका ३४६ श्रमिक प्रतिनिधि भेला भएर अक्टोबर ३, १९४५ का दिन फ्रान्सको राजधानी पेरिसमा महासङ्घको स्थापना भएको हो । नेपालमा क्रियाशील प्रगतिशीत एवं समाजवादी विचार पक्षधर आठ ट्रेड युनियन महासङ्घ यस महासङ्घमा आबद्ध छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप