आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

गुण्डाका नाइके समीरमान बस्नेतलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

बुधबार, १७ असोज २०७५, २१ : ३६
बुधबार, १७ असोज २०७५

काठमाडौँ ।सर्वोच्च अदालतले गुण्डाका नाइके समीरमान बस्नेतलाई तीनदिनभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ । 

न्यायाधीश दीपकराज जोशीको एकल इजलासले आज बस्नेतलाई सूचना पाएको तीनदिनभित्र सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश जारी गरेको हो ।

ललितपुरस्थित नख्खु कारागारमा रहेका बस्नेतलाई गत सोमबार मुस्ताङ कारागार पठाइएको थियो । आदेशसँगै सूचना पाएको तीनदिनभित्र बस्नेतलाई सर्वोच्च अदालतमा उपस्थित गराउनुपर्ने भएको हो । 

बस्नेतलाई गैरकानूनीरुपमा थुनामा राखेको उल्लेख गर्दै सुधीरमानसिंह बस्नेतले बुधबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकीकरणको रिट निवेदन दायर गरेका थिए । 

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरद गौचनको हत्या आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले भारतबाट पक्राउ गरी गत मङ्सिरमा सार्वजनिक गरेपछि बस्नेतलाई थुनामा राखेको थियो । 

गौचनको गत असोज २३ गते काठमाडौँको बानेश्वरस्थित शान्तिनगरमा गोली हानी हत्या भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप