दरबारमार्ग बलात्कार काण्ड: मुख्य अभियुक्त विकास गौतमद्वारा अदालतमा आत्मसमर्पण
काठमाडौं । दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा माघ ७ गते राती भएको ‘सामूहिक बलात्कार’ प्रकरणका मुख्य अभियुक्त विकास गौतमले आत्मसमर्पण गरेका छन् ।
काभ्रे स्थायी घर भएका गौतमले बुधबार साँझ ५ बजे जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेका हुन् । अदालतको आदेशले उनलाई डिल्लीबजार कारागार चलान गरिएको बताईएको छ ।
बलात्कृत युवतीको केटा साथी भनिएका रामेछापका शैलेस कार्कीसहितको समूहले होटलमा सामूहिक बलात्कार गरेको घटनामा दरबारमार्गका तत्कालिन प्रहरी इन्सपेक्टर लक्ष्मण सिंह ठकुरीसहितका प्रहरी अधिकृतहरुले गुपचुपमा मिलात्रप गराएका थिए ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी परिसर काठमाडौंले समिति गठन गरेर अनुसन्धान गर्दै इन्सपेक्टर ठकुरी र मुद्दा शाखाका प्रहरी नायब निरीक्षक (सई) चन्द्र भण्डारीलाई निलम्बन गरेको थियो ।
दरबारमार्ग बलात्कार प्रकरणमा केन्द्रिय अनुसन्धान ब्यूरोले समेत अनुसन्धान जारी राखेको थियो । बलात्कारपछि भारतमा लुकेर बस्दै आएका गौतमलाई केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले भारतीय सुरक्षा निकायमा समन्वयमा पक्राउ गर्ने तयारी गरिरहेको थियो ।
केन्द्रिय अनुसन्धान ब्यूरोले आफूलाई खोजिरहेको थाहा पाएपछि गौतम एकाएक बुधबार अदातल हाजिर भएको उनको पारिवारीक स्रोतको भनाई छ ।
बलात्कृत युवतीको केटा साथी भनिएका रामेछाप दुरागाउँका शैलेस कार्की यसअघि नै पक्राउ परिसकेका छन् ।
दाङ स्थायी घर भएकी नमिता चौधरी (नाम परिवर्तन) लाई शैलेस कार्कीसहित विकास गौतम, रवि पौडेल र दिपक श्रेष्ठले सामूहिक बलात्कार गरेको भन्दै युवतीले प्रहरीसमक्ष लिखित जाहेरी दिएकी थिईन् ।
युवतीको बयानका आधारमा पक्राउ परेका शैलेस कार्की र युवतीबिच महानगरीय प्रहरी वृत दरबारमार्गका इन्सपेक्टर लक्ष्मण सिंह ठकुरीले कार्यालय बाहिर कागज बनाएर मिलापत्र गराईदिएको प्रहरी स्रोतको भनाई छ ।
इन्सपेक्टर ठकुरीले आर्थिक लाभ लिएर कागज गरेको आशंकामा महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीको कमाण्डमा छानबिन समिति गठन गरेको थियो । महानगरीय प्रहरी कार्यालय रानिपोखरीले पनि दरबारमार्ग घटनामा छुट्टै समिति गठन गरेर छानबिन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखापत्रको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त
-
कमैया श्रम निषेधसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत
-
शिक्षा नियमावली १० औँ संशोधन स्वीकृत
-
इरानको चेतावनी : होर्मुज जलडमरूमध्यमा आफूले तोकेकै मार्ग प्रयोग गर्न आग्रह
-
विशिष्ट संरचना सञ्चालन तथा विकास समितिको कार्यकारी निर्देशकमा खड्का नियुक्त
-
गुगलले ईयूमा हार्यो ४ अर्ब १० करोड यूरो जरिवानाविरुद्धको मुद्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण