सिटी सेन्टरमा ʽदशैं तथा तिहार उत्सव २०७५ʼ ५० प्रतिशतसम्म छुट
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौंको कमल पोखरीमा सञ्चालनमा ल्याएको व्यावसायिक भवन सिटी सेण्टरमा गत शुक्रवारदेखि ʽसिटी सेण्टर सेलेब्रेशन ः दशैं तथा तिहार उत्सव २०७५ʼ सञ्चालन भएको छ ।
सम्पूर्ण घरायसी सामानहरू पाइने नेपालकै उत्कृष्ट मलहरूमध्येमा पर्ने सिटी सेण्टरले महान् चाड दशैं तिहार तथा छठको अवसर पारेर उक्त मेलाको आयोजना गरेको हो । दुई महिनासम्म सञ्चालन हुने उक्त मेलामा घरायसी सम्पूर्ण सामानमा ५० प्रतिशतसम्म छुट दिने घोषणा गरिएको सेण्टरले जानकारी गराएको छ ।
मेलाका अन्य आकर्षक विशेषताहरूमा २ महिनासम्म साङ्गीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू गर्ने र उक्त कार्यक्रममा सहभागी ग्राहकहरूले विभिन्न उपहार पनि जित्न सक्नेछन् । मेला अवधिभर यस मलमा आउने सबै ग्राहकहरू ʽइण्टर द मल एण्ड वीनʼ योजनामा सहभागी हुन पाउनेछन् ।
यस योजनामा सहभागी भएकामध्येबाट लक्की ड्र मार्फत भाग्यशाली विजेता घोषणा गरिने र ती विजेतालाई आकर्षक ग्राण्ड प्राइज दिइने कम्पनीले बताएको छ । त्यसैगरी मेलामा युवापुस्ताका लोकप्रिय गायक स्वप्नसुमनको दमदार प्रस्तुति प्रत्यक्ष हेर्न पाइने, हरेक दिन विभिन्न ब्याण्डको प्रस्तुति रहने, हास्य कलाकारहरूले ʽस्ट्याण्ड अप कमेडीʼ पनि प्रस्तुत गर्नेछन् ।
प्रत्येक फ्लोरमा फोटो बुथ पनि हुनेछन् । सामान किन्ने ग्राहकहरू ३ बजे र ६ बजे गरिने लक्की ड्रमा सहभागी हुन पाउनेछन् र यसका विजेताहरूले १ घण्टाको पार्किङ फ्रि तथा ड्रिङ्सहरू जित्न सक्नेछन् । मलले बालबालिकाहरूलाई निːशुल्क खेल्ने ठाउँको पनि व्यवस्था गरेको छ ।
बच्चा लिएर आउने दम्पतीले आफ्ना बच्चाहरुलाई खेल्ने ठाउँमा छोडेर सामान किनमेलको मज्जा लिन पाउनेछन् । सो अवसरमा बच्चाहरूले आकर्षक डोर प्राइजका साथै निːशुल्क ट्रयाम्पोलाइन र बाउन्सिङ क्यास्टलको मज्जा लिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्रका ऋषि : गिरिजाबाबु
-
भोजपुरमा जडीबुटीखेतीको लहर: अन्नबाली छाडेर चिराइतो र सतुवातर्फ आकर्षित हुँदै किसान
-
पूर्व–पश्चिम राजमार्गमा ‘हिट एन्ड रन’ : युवकको मृत्यु
-
बालकुमारीमा धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटिएको भित्तेचित्र, तस्बिरहरू
-
सुदूरपश्चिमभर अविरल वर्षा, बाढी–पहिरोको जोखिम बढ्दै
-
पत्रकार खेम भण्डारी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण