शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पहिलो जननिर्वाचित प्रधानमन्त्रीलाई यसरी सम्झियो कांग्रेसले (फोटोफिचर)

शुक्रबार, ०६ साउन २०७४, १६ : ०४
शुक्रबार, ०६ साउन २०७४

काठमाडौं– नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका संस्थापक विपी कोइरालाको ३५ औं समृति दिवस शुक्रबार विभिन्न कार्यक्रमका साथ मनाइएको छ । नेपाली काँग्रेस र त्यसका भातृ संगठनहरुले आफ्ना संस्थापक नेता कोइरालाको स्मृतिमा देशभर र देश बाहिर पनि विभिन्न कार्यक्रम आयोजना गरे । 
यसै अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विपी कोइरालाका नेतृत्वमा स्थापना भएको प्रजातन्त्रलाई जोगाउने दायित्व नेपाली काँग्रेसकै भएको बताए । उनले प्रजातन्त्रलाई फुलाउने, फलाउने विपी कोइरालाको सपना साकार पार्न सिंगो पार्टी पंक्ति एकतावद्ध हुनुपर्नेमा पनि जोड दिए । 
 विक्रम संवत २०१५ सालको आम निर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाई बहुमत ल्याएपछि विपी कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । 
उनले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि नेतृत्व प्रदान गरेका थिए । तत्कालीन राजा महेन्द्रले अपदस्त गरेपछि विपी कोइरालाले लामो समय निर्वासन र जेल जीवन बिताउनु परेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप