शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्रिश्चियन धर्म प्रचारक बनेका सशस्त्र प्रहरी हवल्दार पक्राउ

बुधबार, १७ असोज २०७५, १० : ४२
बुधबार, १७ असोज २०७५

बुटवल । सशस्त्र प्रहरी हवल्दार दिलिप बहादुर गुरुङ्ग क्रिश्चियन धर्म प्रचार तथा धर्म परिवर्तन गर्न प्रेरित गरेको आरोपमा पक्राउ परेका छन् । 

मंगलवार रातोपाटी अनलाइनले सरकारी प्रहरी कर्मचारी नै क्रियश्चियन धर्मको प्रचारक बनेको समचार प्रकाशन गरेको थियो । 

रातोपाटीले समाचार प्रकाशित गरेपछि स्थानीय प्रशासनले छानविनपछि उनलाई पक्राउ गरेको हो । 

सशस्त्र प्रहरीका जवाननै क्रिश्चियन धर्मका नेता

समाचार प्रकाशित भएलगत्तै गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्याल र सशस्त्र प्रहरी गुल्मका डिएसपी  दिनेशबहादुर रायमाझी समेतलाई ध्यानआकृष्ठ गराइएको थियो ।

स्थानीय प्रशासनको समन्वयपछि सशस्त्र प्रहरीका हवल्दार तथा क्रिश्चियन धर्म प्रचारक गुरुङलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले पाल्पाको क्राउन होटलबाट पक्राउ गरेको हो । 

पाल्पाका जिल्ला प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलका अनुसार प्रमुख जिल्ला अधिकारीको  निर्देशन र सशस्त्र प्रहरी कार्यालयका प्रमुखको आग्रहमा उनलाई पक्राउ गरी हिरासतमा राखिएको छ ।

पक्राउ गुरुङलाई सशस्त्र प्रहरीलाई बुझाइनेछ । आवश्यक छानविनपछि उनलाई विभागिय कार्वाही हुने सशस्त्र प्रहरीले जनाएको छ । 

गुल्मीका प्रमुख जिल्ला अधिकारी पौड्यालले भने गुरुङ सशस्त्र प्रहरीकै वाहलवाला हवल्दार रहेको खुलेको बताएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप