बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अदालतको फास्ट ट्रयाक फैसलाको जनमोर्चाद्वारा स्वागत

बुधबार, १७ असोज २०७५, १० : ०१
बुधबार, १७ असोज २०७५

काठमाडौं–राष्ट्रिय जनमोर्चाले बारा अदालतले एक सात वर्षीया बालिकाको बलात्कार र हत्याको मुद्दा दर्ता भएको केही दिनमै फास्ट ट्रयाकद्वारा फैसला गरेकोमा स्वागत गरेको छ । 

पार्टी उपाध्यक्ष दुर्गा पौडेलले एक विज्ञप्ति जारी गर्दै काठमाडौं लगायत अन्य अदालतले पनि महिलामाथि हुने बलात्कार र हिंसाका मुद्दाहरुमा फास्ट ट्रयाकद्वारा त्यस्ता मुद्दाहरु फैसला गरेर पीडितलाई न्याय दिलाउन माग गरेकी छन् ।

यसअघि महाधिवक्ताको कार्यालयले पनि सबै सरकारी वकिलको कार्यालयलाई महिलामाथि हुने बलात्कार र हिंसाका मुद्दाहरु फास्ट ट्रयाकबाट टुङ्ग्याउन निर्देशन दिएको थियो ।

सो पार्टीले  कञ्चनपुरकी निर्मला पन्तको हत्या र बलात्कारको घटना लामो समय भैसक्दा पनि अपराधी पहिचान नभएकोमा सरकार निरिह वा लाचार देखिएको आरोप लगाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप