पाँच किलो सुनसहित बालाजुबाट एक पक्राउ
काठमाडौं– राजधानीको बालाजुस्थित तिनपिप्लेबाट प्रहरीले पाँच किलो सुन सहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
रसुवाबाट काठमाडौं आउँदै गरेको बसमा सवार रसुवाका शोबहादुर तामाङले बोकेर आएको सुन सहित उनलाई नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
केरुङ नाका हुँदै आएको उक्त सुनका भरिया तामाङले बेल्टमा बाँधेर ल्याएको उक्त सुन प्रहरीले तिनपिप्लेबाट बरामद गरेको थियो ।
पाँच किलो सुन बरामद गरिएको पुष्टि गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) बसन्त लामाले भने, ‘पाँच किलो सुन बरामद गरेका छौं, थप अनुसन्धान भईरहेको छ ।’
३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा सरकारले कडा कदम चालेपछी पछिल्लो समय केरुङ नाकाबाट हुने सुनको तस्करी बढेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले केहीदिनअघी मात्र टोखाबाट तिनकिलो सुन सहित दुईजनालाई नियन्त्रणमा लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण