मृतकले पाउनुपर्ने रकम नेपाल पठाइयो
काठमाडौं । रियादस्थित नेपाली दूतावासले विभिन्न कारणबाट साउदी अरबमा ज्यान गुमाएका २४ नेपाली कामदारका परिवारले पाउनुपर्ने दुई लाख ७१ हजार ८०७ साउदी रियाल नेपाल पठाएको छ ।
मृतक नेपाली नागरिकका कानूनी हकदारले पाउने गरी उनीहरुले काम गरेको अवधिको लिन बाँकी रहेको तलब, भत्ता तथा ‘ब्लडमनी’ परराष्ट्र मन्त्रालयको बैङ्क खातामा हस्तान्तरण गरिएको दूतावासले जनाएको छ ।
सिरहाका अवधकिशोर यादव र राजकुमार मण्डल, बाराका अमिरी माझी, पाल्पाका भुवनसिंह दिसा, सप्तरीका विनोदकुमार मण्डल, अर्घाखाँचीका विष्णुबहादुर टण्डन, म्याग्दीका गणेशबहादुर घर्ती, महोत्तरीका गरहवा बतार, धनुषाका गुरुशरण ठाकुर, रामलखन मण्डल र रमेश कापरले पाउनुपर्ने रकम हस्तान्तरण गरिएको हो ।
त्यस्तै दाङका जालुराम चौधरी, काभ्रेपलाञ्चोकका काजिबाबु थापा, भोजपुरका कुलबहादुर खत्री, लमजुङका मिलन तामाङ, सुनसरीका परमेश्वर मोची, धनकुटाका राजेन्द्र भुजेल, झापाका रुपेन मोक्तान तामाङ र सन्तोष परियार तथा मकवानपुरका सूर्यप्रसाद चौलागाईंका परिवारले पनि राहत रकम पाउने छन् ।
गुल्मीका हेमलाल पेमी, खोटाङका लेखराज राई, कास्कीका लुमनाथ अधिकारी र सिन्धुलीका प्रेमबहादुर पाख्रिनका परिवारले ब्लडमनी बापतको साउदी रियाल २० हजार पाउने दूतावासले जनाएको छ ।
अर्घाखाँचीका टण्डनको छुट्टीमा रहँदा नेपालमा मृत्यु भए पनि सम्बन्धित कम्पनीबाट पाउनुपर्ने तलब, भत्ता उनको परिवारलाई पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
-
एमाले संविधान संशोधन सुझाव कार्यदल : खरेलको संयोजकत्वमा उपसमिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण