शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटन क्षेत्रमा लगानी बढाउन नीजि क्षेत्रलाई आह्वान

मङ्गलबार, १६ असोज २०७५, १९ : ०१
मङ्गलबार, १६ असोज २०७५

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् । 

मन्त्री अधिकारीले पर्यटन क्षेत्रमा लगानी बढाउन पनि निजी क्षेत्रलाई आह्वान गरेका छन् । पर्यटन क्षेत्रमा लगानी बढाउन आवश्यक ऐन, कानुन बनाउने मन्त्री अधिकारीको योजना छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने माध्यामको रुपमा पर्यटन क्षेत्रको विकास गर्ने घोषणा पनि गरे । उनले पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि सरकारले आवश्यक कामलाई अघि बढाएको पनि स्मरण गराए ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार विकासमा जोड दिन सरकारको गम्भिर ध्यानाकर्षण गराए । उनले पर्यटन क्षेत्रको विकासमा लागि नेपाललाई विवाह गर्ने गन्तव्य स्थलको रुपमा पनि विकास गर्न सकिने धारणा राखे ।

महासंघले पर्यटन विकासका लागि होटलहरुको स्तरोन्नतिमा पनि ध्यान दिनुपर्नेमा जोड दिँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप