बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम भने बढेन

मङ्गलबार, १६ असोज २०७५, १६ : २०
मङ्गलबार, १६ असोज २०७५

काठमाडौँ– सेयर बजारमा सामान्य सुधार आएपनि कारोबार रकममा भने सुधार देखिएको छैन । २.६९ अंकले बजार बढ्दा ४५ करोड ५९ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।

कारोबारमा १७१ कम्पनी सामेल भएका थिए । आज जिवन बिमा समुह १४.६२ अंकले बढेको छ भने निर्जिवन बिमा १२.१५ अंकले बढेको छ । माइक्रोफाइनान्स समुह ३.८ अंक, अन्य समुह ७.७७ अंक, बैंकिङ समुह १.६३ अंक र ट्रेडिङ १.६९ अंकले बढेको छ । 

बाँकी अरु समुहमा भने गिरावट आएको छ । होटल, विकास बैंक, जलविद्युत, फाइनान्स, उत्पादन तथा प्रशोधन समुहमा गिरावट आएको छ ।

यसदिन सबैभन्दा बढी ग्लोबल आइएमइ बैंकको ३ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको सानिमा माइ हाइड्रो पारवरको २ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप