बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गच्छदारको बैठकका लागि ८ लाखको सोफा

शुक्रबार, ०६ साउन २०७४, १५ : २८
शुक्रबार, ०६ साउन २०७४

काठमाडौँ – उपप्रधानमन्त्री विजयकुमार गच्छदारका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ८ लाखको सोफा सेट खरिद गरेको छ ।


मन्त्रालयले मन्त्रीको बैठक कक्षका लागि विलासी सोफा सेट खरिद गरेको हो ।


मन्त्रालयका कर्मचारीका अनुसार उक्त सोफा सेट एउटा ३ फिट र दुईवटा २ फिट लामो रहेको छ । उक्त सोफाको मूल्य एक फिट बराबर १ लाख २० हजार रुपैयाँ रहेको छ ।


त्यस्तै, टि टेबल समेत गरेर ८ लाख हाराहरीमा मन्त्रीको बैठक कक्षका लागि सोफा सेट खरिद गरिएको हो ।


मन्त्रालयको ११७ नम्बर कोठामा मन्त्रीको लागि बैठक कक्ष तयार गरिँदैछ ।


शुत्रबार कर्मचारीहरु नयाँ बैठक कक्ष सिंगार्न व्यस्त थिए । ती कर्मचारीहरु कति महंगो सोफा भन्दै सुम्सुमाउँदै थिए । उनीहरु भन्दै  थिए, ‘राजा महाराजा बस्ने जस्तो सोफा रहेछ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप