आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

सुकेधारामा सवारी साधनको ठक्करबाट पैदलयात्रुको मृत्यु

मङ्गलबार, १६ असोज २०७५, १४ : ५३
मङ्गलबार, १६ असोज २०७५

काठमाडौँ– सुकेधारामा सवारी साधनको ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ ।  गएराति ११ बजेतिर सुकेधारामा नम्बर नखुलेको सवारी साधनले पैदलयात्रुलाई ठक्कर दिँदा काठमाडौँ मण्डिखाटार बस्ने ६५ वर्षीय कृष्णप्रसाद मैनालीको मृत्यु भएको हो । 

सवारी साधनको ठक्करबाट गम्भीर घाइते मैनालीको उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिए । दुर्घटना गराउने सवारी साधनसहित चालक फरार रहेकाले खोजी भइरहेको महाशाखाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप