बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्घटनामा एकको मृत्यु, एक गम्भीर

शुक्रबार, ०६ साउन २०७४, १५ : २५
शुक्रबार, ०६ साउन २०७४


 झापा - झापाको भद्रपुर–बिर्तामोड सडकखण्डमा आज भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । 

मुत्यु हुनेमा बिर्तामोड नगरपालिका– ८ हर्चनाका ३८ वर्षीय कृष्ण थापा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । 

हर्चनाबाट बिर्तामोडतर्फ गइरहेको मे २ प ९०६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको गाडी ९म्याजिक भेन० एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जनाकारी दिनुभयो । 

मोटरसाइकलमा सवार सोही स्थानका २५ वर्षीय गोविन्द चौधरी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते चौधरीको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप