तनुश्रीले आफ्नो लडाईं एक्लै लड्नुपर्छः पूजा भट्ट
तनुश्री दत्ता र नाना पाटेकरको विवादका कारण बलिउड दुई भागमा बाँडिएको छ । एकातर्फ विभिन्न कलाकार तनुश्रीको समर्थनमा आइरहेका छन् भने कोही एकदम चुप । यसैबीच तनुश्रीको समर्थनमा पूजा भट्टको बयान सार्वजनिक भएको छ । उनका अनुसार तनुश्रीको आवाज दबाइनु हुँदैन । साथै, उनलाई लाग्छ कि यस्तो लडाईं समर्थन बिना एक्लै लड्नुपर्छ ।
यसका लागि बलिउडको समर्थनको आशा गर्नु सही नभएको उनी बताउँछिन् । पूजा भन्छिन्, ‘यस्ता मुद्दामा उजुरी दिएपछि प्रश्न उठाउनु हुँदैन र आवाजलाई दबाउनु हुँदैन । मैले कहिले पनि बलिउडसँग समर्थन मागेकी छैन । यदि कोही व्यक्तिले ममाथि नराम्रो व्यवहार गर्छ भने म ती व्यक्तिलाई अदालतसम्म पुर्याउँछु । वास्तविकतालाई कुनै प्रचारको आवश्यकता पर्दैन । ’
‘यो आगोजस्तो फैलिन्छ । त्यसकारण यदि तपाईंलाई आफूमाथि विश्वास छ भने एक्शन लिनुहोस् । कसैको समर्थनको आशा नगर्नुहोस् । बलिउड राम्रो स्थान हो जहाँ मानिसहरु अवार्ड र विवाहको क्रममा समर्थन गर्नेछन् तर समस्याका बेला तपाईंले सबै कुरा एक्लै झेल्नुपर्छ ।’
कारमाथि हमला गरेको १० वर्ष पुरानो भिडियो भाइरलः
सन् २००८ को यो भिडियो जसमा ‘हर्न ओके प्लिज’ को सेटमा तनुश्री दत्ताको कारमाथि हमला गरिएको देखिन्छ । यो भिडियो सोमबार सार्वजनिक भएसँगै भाइरल भइरहेको छ ।
कारभित्र बसिरहेकी तनुश्री तनावमा फोन गरिरहेको देखिन्छिन् । यो भिडियो सार्वजनिक भएसँगै तनुश्रीको पल्ला भारी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण