बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

मङ्गलबार, १६ असोज २०७५, ०६ : १५
मङ्गलबार, १६ असोज २०७५

आजको राशिफल

वि.सं.२०७५ साल असोज १६ गते । मंगलबार । ईश्वी सन् २०१८ अक्टोबर ०२ तारिख । नेपाल सम्बत् ११३८ । विरोधकृत् संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४० । आष्विन कृष्ण पक्ष । तिथि अष्टमी,४६ घडी ०७ पला,रातको १२ बजेर २४ मिनेट उप्रान्त नवमी । नक्षत्र आद्रा,४२ घडी ४५ पला,बेलुकी ११ बजेर ०३ मिनेट उप्रान्त पुनर्वशु । योग वरियान २४ घडि ०१ पला,दिउँसो ०३ बजेर ३४ मिनेट उप्रान्त परिध । करण बालव,दिउँसो ०१ बजेर ३० मिनेट उप्रान्त कौलव,रातको १२ बजेर २४ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा चर योग । चन्द्रराशि मिथुन । अष्टमी व्रत। भौमाष्टमी व्रत। अष्टमी श्राद्ध। गोरखकाली पूजा। महालक्ष्मी व्रत समाप्ति। जितिया पर्व, जीवत्पुत्रिका व्रत।

 

काठमाडौंमा सूर्योदय ०५ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४७ मिनेट । दिनमान २९ घडी ३६ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यावसायमा लगानि गरेपनि आम्दानि थोरै हुँने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । माया प्रेममा धोका हुनेछ भने परिवारमा झै झगडा हुँने सम्भावना अधिक रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँनेछ । बिद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ । समयमा काम नबन्ने हुँदा मनमा निरासा पैदा हुनेछ । दाजुभाई तथा छिमेकिसँगको सम्बन्धमा गिरावट आउँनेछ । यात्रा गर्दा ध्यान दिनुहोला गन्तब्यमा पुग्न केहि कठिनाईको सामना गर्नुपर्नेछ ।

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बोलिको प्रभाब बढ्ने हुनाले महत्वपुर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुनेछ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पति पत्नि तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । कुटुम्बबाट तपाईले गरेको काममा सहयोग प्राप्त हुनेछ । पढाई लेखाईमा सफलता हात लाग्ने योग रहेकोछ । व्यापार व्याव्वसायबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ ।

 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सामाजिक काम गर्दा ध्यान दिनुहोला समयमा काम नसकिने तथा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ । पढन पाढनमा ध्यान जाने छैन भने बिभिन्न अवसर आएपनि निर्णय क्षमताको अभावले अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसाय खस्केर जाने हुनालेआम्दानिका स्रोतहरु साघुरिनेछन् । माया प्रेममा धोका तथा घरपरिवारमा आफन्तसँग घरायसि कुरामा राय बाजिनेछ ।

 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) काम गर्दा बिशेष शावधानि अपनाउँनुहोला समयमा नसकिने हुँदा मान सम्मानमा कमि हुनेछ । बाहिरि वाताबरण तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । व्यापार व्यावसायमा मन्दि आउँनेछ भने बिदेशि लगानिबाट सञ्चालित उद्योग तथा व्यावसाय फस्टाएरु जानेछ । कर्म प्राप्तिको लागि लामो दुरिको यात्रा हुने अधिक सम्भावना रहेकोछ । पढाई लेखाईमा मन नजाने हुनालेअरुभन्दा पछि परिनेछ ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्त जन तथा दाजुभाईबाट भनेजस्तो सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेममा सामिप्यता बडेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । बिद्यामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउँन सकिनेछ ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) मान सम्मान तथा ईज्जत प्रतिश्ठामा दाग लाग्न सक्छ काम गर्दा ख्याल गर्नुहोला । सरकारि सेवामा झन्झटिला प्रक्रिया अबलम्बन गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । राज्जबाट गलत आक्षेपहरु लाग्न सक्छ । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछाडि परिनेछ । ब्यापार ब्याबसायमा नाफा कमाउन निकैनै समय दिनु पर्नेछ । बिहानको समय उत्तम रहेकोले अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न सकिनेछ भने धार्मिक स्थल तथा लामो दुरिको यात्राको तय हुनेछ ।

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) साथिभाई तथा आफन्तहरुको सहयोग पाईने हुनालेमन प्रशन्न रहनेछ भने नयाँ काम गरि आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । समयले साथ दिने हुनालेमन प्रशन्न रहने तथा भाग्य बृद्धि हुनेछ । धर्म,सस्कृति तथा आफ्नो रितिरिवाजको जगेर्ना गर्ने काममा समय खर्चनु पर्नेछ । पढाई लेखाईमा फड्को मार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सामाजिक काम गरि पुरस्कृत हुँने योग रहेकोछ । 

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पर्यटकिय तथा रमाईलो यात्रा हुनेछ भने भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानि हुनेछ । माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्न तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछि पारि आफु अगाडि बढ्ने समय रहेको छ । 

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाई लेखाईमा समय दिन नसक्दा नतिजा अरुकै पोल्टोमा पर्नेछ । वादबिवाद तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरु हावि हुनालेहरेक कामहरु प्रभावित हुँनेछन् । न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउँने हुनालेआजको दिन यस्ता क्रियाकलापमा सामेल नहुँनुहोला । पुराना रोग तथा ऋणहरु पुनह बल्झने हुँदा मानशिक तनाब बढ्नेछ । प्रेममा एक अर्काबिच बैमनस्यता बढ्ने हुँदा छुट्टिनु पर्नेछ भने आफन्त तथा मावलि पक्षसँग बिवाद बढ्न सक्छ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) बौद्धिकताको लडाईमा तपाईकै नाम उच्च स्थानमा आउँने हुनालेमन प्रशन्न हुनेछ । शिक्षा तथा शेयर बजारमा गरिएको लगानिबाट भनेजस्तो प्रतिफल प्राप्त हुँने हुनालेदैनिकी सहज हुनेछ । अध्ययनमा मन जाने हुनालेनतिजाको अपेक्षा गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पति लाभ हुनेछ भने उपाहार पाईने तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ । मनग्गे धन आर्जन गर्न सकिने हुनालेईच्छित कामनाहरु पुरा हुँनेछन् ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) घर परिवार, आफन्त तथा आमासँग घरायसि कुरामा बिवाद सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुका लागि भने समय उत्तम रहेकोछ । तपाईले शुरु गर्नुभएको काममा बिभिन्न बाधा तथा अवरोधहरुबको सामना गर्नुपर्नेछ । तपाईले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केहि समय पर्खदा राम्रो हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ । 

 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप