‘भत्केको घर, बाजेको भत्ताको भर’
-राधिका भुसाल
‘वृद्धभत्ताको भरमा चुहिने खरको छानो र विपनाको सपना’
प्यूठान । भत्किनै आँटेको घर । चुहिने खरको छानो । खाने खर्च नै नभएको भान्सा । सुत्नलाई चिसो भुईं । जहाँ बिहान–साझँ पेट भर्नको मात्रै चिन्ता हुन्छ त्यहाँ शिक्षा दिक्षा, आफ्ना इच्छा बालअधिकार, संरक्षण, सुरक्षा र सहभागिताका कुरा सुन्दा कथा जस्तै लाग्ने बताउँछिन् उनी ।
‘एक्लै छु भनु भने ८० वर्षीय हजुरबुबा साथमा हुनुहुन्छ’– कक्षा सातमा पढ्दै गरेकी ११ वर्षीया विपना भन्छिन्– ‘आर्थिक स्रोत भनेकै बाजेको वृद्धभत्ता मात्रै हो । ३ महिनामा एक पटक दिन्छन् मासिक २ हजारको दरले । त्यो पैसाले खाने खर्च किन्नु कि ? शैक्षिक सामग्री किन्नु कि ? लुगाफाटो किन्नु ?’ सानै उमेरदेखि राम्रो गायक बन्ने सपना देखेकी विपनाको आमाबुबाले साथ छोडेर जानु र त्यसमाथि गरिबीको रेखा नै सपनाको बाधक भएको छ ।
आफू ५ वर्षको उमेरमा हुँदा आमाले दोस्रो विवाह गरेर अर्कैसँग गएको र बुबा मदन बहादुर नेपाली पनि केही वर्ष यता बेपत्ता भएको हुँदा बुढो ८० वर्षे बाजे आइत बहादुर नेपालीसँग बस्दै आएको विपनाको छिमेकी पवित्रा नेपालीले सुनाइन् । उनलाई बुबा आमाले मात्र छोडेर गएनन् कि आफूसँगै खेल्ने र एकअर्कोको सहारा जस्तै बनेका भाईलाई समेत मृत्युको मुखबाट बचाउन नसक्दा उनी झन एक्ली भएकी छिन् ।
‘मेरो सानैदेखि सपना थियो गायिका बन्ने,’ अभिभावकविहिन बालिका विपनाले भनिन्– ‘मलाई लगानी गर्ने कोही छैन, मेरो पढाईलेखाईमा खर्च गर्ने बाजेसँग पैसा पनि छैन, कुनै दिन म ठूलो मान्छे बने भने म जस्ता टुहुरा बालबालिकाको रहर अनि चहाना पुरा गर्ने लक्ष्य छ ।’ गहभरी आँसुको धारा झार्दै उनले भनिन्, ‘म्युजिक सिकेर बाल गित गाउने कति शोक छ तर, गरिब परिवारमा जन्मनु र अभिभावकविहिन हुनु मेरो लागि दुर्भाग्य भयो ।’

जुन बालबालिकामा नांगो ढाक्ने, भोके पेट भर्ने र ओभानो ठाउँमा सुत्ने चिन्ताले दिनरात पिरोल्छ, त्यो बालिकाको इच्छा, चाहाना र सपनाहरु कसरी साकार हुन्छ त ? ११ वर्षीया बालिका विपनाको प्रश्न हो यो ।
भनिन्छ, बालबालिका भनेका भविष्यका कर्णाधार हुन् । उनीहरुको शिक्षा स्वास्थ्य, खानापान, दैनिकी क्रियाकलाप र जीवनशैली उज्वल बनाउने अभिभावकको कर्तव्य हो । तर, जुन बालबालिकाहरुको बुबाआमा नै छैनन्, बस्ने बास र खाने गासको समेत ठेगान छैन । ति बालबालिकाहरुलाई के थाहा आफ्ना अधिकार र परिवारको साथ, सहयोग, स्नेह, माया, ममता ।
माण्डवी मा.वि. नयाँ गाउँमा पढ्दै आएकी उनले कक्षा ३–४ मा पढ्दादेखि नै विद्यालयको अतिरिक्त कार्यक्रम सहभागी भई राम्रो गित गाउँदै आएको उनकी साथी विनिता बताउँछिन् । ‘विद्यालयका शिक्षकहरुले हरेक कार्यक्रममा सपनालाई गीत गाउन लगाउँछन्,’ ‘उनले भनिन् ।
हो, उनी जस्ता हजारौं बालबालिकाहरु अहिले अभिभावकविहिन छन् र बेवारिसे बनेका छन् । यस्ता बालबालिकको संरक्षणको लागि राज्यले पहलकदमी अगाडि सार्नैपर्छ । बालबालिकाको लागि बजेट नछुट्याइएका पनि होइन तर, कहाँ खर्च भए ? कस्ले कस्का लागि खर्च गरे ? त्यसको नतिजा वा प्रतिफल नभेटिनु नै सही शीर्षकमा खर्च नहुन भन्ने बुझिन्छ ।

यता प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले भने केही दिन अगाडि जिल्ला बाल कल्याण समिति र स्थानिय तहका प्रमुख सहितको बैठक बसी बाल संरक्षण गृह सञ्चालनको लागि इच्छुक संस्थाहरुबाट आवेदन माग गरेको बताए ।
इच्छुक संघ संस्थाहरु तुरुन्त सम्पर्कमा आएमा डेढ दुइ महिनामै सञ्चालन गरिने प्रजिअ गैह्रेले जानकारी दिए । बाल संरक्षण गृह सञ्चालन सम्बन्धि कार्य विधि र मापदण्डको डकुमेण्ट तयार गरेको उनको भनाइ छ । प्रजिअ गैह्रेले भने– ‘जिल्ला बाल कल्याण समिति र मल्लरानी गाउँपालिको संयुक्त संरक्षणमा रहने गरी स्थापना गरिने छ ।’
सौजन्य: बाल सरोकार फिचर सेवा, एफएनजे प्यूठान
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका १०० दिनः कर्मचारीलाई १५ दिनमा तलबदेखि पेन्सनमा राहतसम्म
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु
-
१० खेलाडीमा सीमित अमेरिका अन्तिम १६ मा
-
खुर्सानीखेतीमा होमिएका नवीन: वार्षिक २३ लाखको कारोबार, युवाहरूका लागि प्रेरणा
-
बालेन सरकारको ‘जान्नेलाई छान्ने’ तरिका गजबको रहेछ: शंकर पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण